Prabhu Life Ad Final

कृषि मन्त्री चक्रपाणी खनाललाई डेंगो लाग्यो, ग्राण्डीमा उपचार सुरु

IME PAY
IME Life

काठमाडौं । दशैभरि डेंगो रोगको महामारी फैलिन थालेको छ । प्रदेश नं १ को धरान तथा विराटनगरबाट फैलिन सुरु गरेको डेंगो प्रदेश नं ३ को राजधानी हेटौडा हुँदै काठामडौं समेत प्रवेश गरेको छ । डेंगोबाट कृषि मन्त्री बलदेव संक्रमित बनेका छन् ।

लामखुट्टेको टोकाईबाट सर्ने डेंगो रोगबाट कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल (बलदेव) थलिएका छन् । डेंगु पुष्टि हुनासाथ उनलाई पुल्चोकस्थित मन्त्री क्वाटरबाट सिधैं ग्राण्ड अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था सामान्य रहेको सचिवालयका बोमलाल गिरीले इन्स्योरेन्स खवरलाई बताए ।

स्वास्थ्य बीमा नगरेका कारण मन्त्री खनालको उपचार खर्च नेपाल सरकार वा खनाल आफैले व्यहोर्नु पर्ने भएको छ । मन्त्री खनालको सचिवालयका अनुसार उनको स्वास्थ्य बीमा गरिएको छैन ।

टाउको दुख्ने, ज्वरो आउने भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा रगत परिक्षण गर्दा डेंगो भेटिएपछि तत्कालै ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो । वर्तमान मन्त्रिपरिषदका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली पनि मृगौलाको उपचारको क्रममा सिंगापुरमा छन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS