Prabhu Life Ad Final

ग्लोबल आइएमई लघुवित्तको ३३ शाखाका एकाउन्टेन्टलाई लेखापालन तालिम संचालन

IME PAY
IME Life

काठमाडठौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले शाखाका एकाउन्टेन्टहरुलाई लेखापालन तालिम दिएको छ । संस्थाले ६८ वटा शाखाका सवै एकाउन्टेटहरुलाई लेखापालन तथा कर व्यवस्था सम्वन्धी ज्ञान अभिवृद्धि गर्ने वार्षिक योजना वमोजिम उक्त तालिमको आयोजना गरेको जनाएको छ ।

सबै एकाउन्टेटहरुलाइ एकैचोटी तालिम दिन सम्भव नहुने भएकाले संस्थाले चरणबद्ध रुपमा तालिम सञ्चालन गर्दै जाने जनाएको छ । संस्थाले आज भदौ १९ गतेवाट प्रथम चरणमा ३३ वटा शाखाका एकाउन्टेन्टहरुलाई तालिमको आयोजना गर्ने भएको छ ।

कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृतले गरेका हुन् । तालिमवाट यथास्थिती सोचमा परिवर्तन हुनपर्ने र सदस्यहरुको जीवनस्तरमा सुधार गर्न जोड दिनुपर्ने मन्तव्य राख्दै यस किसिमको सिपमुलक तालिमले संस्थाको विकासमा उल्लेखनीय योगदान पुग्ने धारण व्यक्त गरिएको छ ।

संस्थाले यसअघि ६२ वटा शाखाका शाखा प्रमुखहरुलाई शाखा व्यवस्थापन तथा उत्प्रेरणामुलक तालिम प्रथम चरणमा साउन गतेवाट ३२ गते सम्म काठमाण्डौमा सञ्चालन गरिएको थियो ।

हालसम्म संस्थाले ४६ जिल्लाहरुमा ६८ वटा शाखा सञ्जाल विस्तार गरी लघुवित्त सेवा प्रदान गर्दै आएधको छ । यस अवधि सम्म संस्थामा २६० जना कर्मचारीहरुवाट ८२,१५७ जना सदस्यहरु विस्तार गरि उनिहरुवाट ९५ करोड २० लाख वचत संकलन गरि ५०,००२ जना लघुउद्यमी सदस्यहरुलाई रु. ३ अर्व ४० करोड रुपैया कर्जा लगानी गरेको छ ।

संस्थाको आ.व. २०७६।७७ को असार मसान्त सम्म नेपालका ४९ जिल्लाहरुमा ७८ वटा शाखा सञ्चालन गरि टप ५ भित्रको संस्था वनाउने लक्ष्य लिएको समेत जानकारी दिएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS