काठमाडौं । एनएलजी इन्स्योरेन्सको १३औं वार्षिक साधारण सभा असोज ८ गते शुने भएको छ । इन्स्योरेन्स कम्पनीको भदौ १२ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार साधारण सभाको मिति तय गरेको हो ।
उक्त साधारण सभा आम्रपाली ब्याङकेट थिरबम सडक बालुवाटारमा विहान ११ बजे हुने भएको जनाएको छ । सभामा उपस्थिती प्रयोजनका लागि कम्पनीले भदौ २५ गते १ दिनका लागि शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । भदौ २४ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।
सभामा कम्पनीले संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७४ ७५ को वार्षि प्रतिवेद उपर छलफल गर्ने र स्वीकृत गर्ने छ । लेखापरिक्षकको प्रतिवेदन सहितको लेखापरिक्षण गरिएको २०७५ असार मसान्तको वासलात २०७४ साउन १ गतेदेखि २०७५ असार ३२ गतेसम्मको नाफा नोक्सान हिसाब विवरण तथा सोसँग सम्बन्धीत अनुसूचिको छलफल गर्ने ।
त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ अनुसार २०७५ ७६ को लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजो पारिश्रमिक निर्धारण गर्ने लगायतका विषयहरुमा छलफल गर्ने ।