IME Life

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज बिहीबार अन्तिम दिन रहेको छ । बिहीबार कार्यालय समयसम्म यसमा आवेदन दिन सकिने जनाएको छ । बैंकले ७ वर्ष अवधिको ‘१०.२५ प्रतिशत सिद्धार्थ बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गरेको हो ।

बैंकले भदौ ५ गतेदेखि कुल २५ लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको थियोे । यसमध्ये १० लाख युनिटमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यस्तै, सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याइएको छ ।

Prabhu
Crest

सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाई पाउनेछन् । बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बेच्नेछ । यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याज पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बारबरको ऋणपत्र बिक्री खुला गरेको हो । यसमा न्यूनतम २५ इकाईदेखि अधिकत्तम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एलए माइनस’ रेटिङ दिएको छ ।

सद्धार्थ बैंकको सबै शाखा र सी–आस्वाको माध्यमबाट यसमा आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंबाट पनि फारम प्राप्त गरी आवेदन बुझाउन सकिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS