काठमाडौँ । नेपाल नागरिक उडड्यन प्राधिकरणले करार सेवामा ६८ जना कर्मचारी नियुक्त गर्ने भएको छ । प्राधिकरणले प्राविधिक, समूह (एयर ट्राफिक सर्भिसेस) सातौँ तह वरिष्ठ अधिकृत पदका लागि ३८ जना कर्मचारी नियुक्त गर्न लागेको हो ।
त्यस्तै, प्राधिकरणले प्राविधक सेवा समुह (एभिएशन फायर सर्भिसेस) चौथो तह सहायक पदमा ३० जना कर्मचारी नियुक्त गर्ने भएको छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ ।
एभियसन फायर सर्भिसेस सहायक चौथो पदमा एसएलसी वा सो सरह उत्तिर्ण गरेका र नागरिक उड्डयनसँग सम्बन्धित संस्थाबाट जीवनोद्धार तथा विमानस्थल अग्नि निवारण सम्बन्धी तालिम प्राप्त गरेकाले आवेदन दिन सक्नेछन् ।