काठमाडौँ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले एसिस्टेन्ट म्यानेजर/डेपुटि म्यानेजर/म्यानेजर (मार्केटिङ), जुनियर अफिसर/अफिसर/ सिनियर एसिस्टेन्ट (मार्केटिङ) पदका लागि केही कर्मचारी माग गरेको हो ।
त्यस्तै, इन्स्योरेन्सले ट्रेनि डेभलपमेन्ट अफिसर/डेभलपमेन्ट अफिसर / सिनियर डेभलपमेन्ट अफिसर (मार्केटिङ) पदका लागि केही र सिनियर अफिसर/एसिस्टेन्ट म्यानेजर(रि इन्स्योरेन्स) पदका लागि १ जना कर्मचारी माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने इन्स्योरेन्सले जनाएको छ ।