Connect IPS
IME Life

१४ अंकले घट्यो नेप्से, जीवन बीमा समुह सबैभन्दा ऋणात्मक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पुँजि बजारको बृद्धिदर परिसूचक नेप्से सोमबार १४ अंकभन्दा बढिले घटेर ११७०.३४ मा झरेको छ । आइतबार पनि ऋणात्मक रहेको नेप्से परिसूचक सोमबार झनै तल झरेको छ । घट्ने क्रममा जीवन बीमा कम्पनीहरुको बजार मूल्य सबैभन्दा धेरे घटेको छ ।

नेपालीहरुको राष्ट्रिय पर्व सुरु भइसक्दा पनि पुँजि बजारमा सुधार हुन नसक्दा लगानीकर्ता एकपछि अर्को गर्दै निराशाजनक स्थितिको सामना गर्न बाध्य छन् ।

Prabhu
Crest

सोमवारको कारोबारमा नेप्से परिसूचक १४ दशमलव ४५ अंक घटेको छ । आईतबार १ हजार १८४ दशमलव ९४ विन्दुबाट शुरु भएको परिसूचक कारोबारको पहिलो आधा घण्टाको अवधिमा केही अंक बढेपछि लगातार घट्ने क्रममा रहेर बजार बन्द हुँदासम्म एक दशमलव २२ प्रतिशतले घट्न पुगेको छ ।

कारोबार भएका ११ समूहमध्ये सबै समूहको परिसूचक ऋणात्मक छ । सोमबार जीवन बीमा समूहको परिसूचक सर्वाधिक १ दशमलव ७९ प्रतिशत घट्यो भने बैंकिङ, जलविद्युत, वित्त, निर्जीवन बीमा, ‘अन्य’ र लघुवित्त समूहका परिसूचक १ प्रतिशतभन्दा बढीले घटेपछि समग्र सूचक १४ अंकले घट्न पुगेको थियो ।

तीजको दिन समेत परेको सोमबार शेयर बजारमा ४० करोड ७५ लाख बराबरको शेयर कारोबार भयो । कारोबार रकम बढि भएपनि मूल्य भने घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS