काठमाडौं । रिलायबल लाईफ इन्स्योरेन्स कम्पनी र काठमाडौंको महाराजगन्जमा रहेको चिरायु अस्पतालबीच सेवा सम्झौता भएको छ ।
बिहिवार रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका कर्मचारी, आबद्ध अभिकर्ता र बीमितलाईलाई चिरायू नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटमा उपचार गराउँदा छुट सुविधा दिने गरी तयार गरेको सेवा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा अस्पतालको तर्पmबाट अपरेशन डाइरेक्टर चण्डेस्वर नन्द राज वैद्य तथा इन्स्योरेन्सको तर्पmबाट बरिष्ठ प्रबन्धक शैलेन्द्र्र श्रेष्ठले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ ।
उक्त सम्झौता अनुसार अस्पतालले कम्पनीका बीमित, अभिकर्ता र कर्मचारीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुका साथै सेवा शुल्क पनि आकर्षक छुट प्रदान गर्नेछ ।