Prabhu Life Ad Final

बागलुङ्गको गलकोटमा कामना सेवाको ९८औं शाखा विस्तार

IME PAY
IME Life

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बागलुङ्गमा रहेको गलकोट, नगरपालिकावडा नं. ०३ स्थित गलकोटमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले बैकिङ्ग पहुँचनपुगेका ग्रामिण क्षेत्रहरुमा समेत आफ्नो सेवा विस्तार गर्दै जाने उदेश्य अनुरुप उक्त शाखाको विस्तार गरेको हो ।

उक्त नयाँ शाखाको उद्घाटन प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले गरेका हुन् । कारोबार शुभारम्भ समारोहमा गलकोट नगरपालिका मेयर भरत शर्मा गैरे , बैंकका संचालक बलराम बराल, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज वास्तोला लगायत स्थानीय वासीहरुको उपस्थिति रहेको थियो ।

बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो ।

हालसम्म बैंकले ९८ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत ग्राहकहरुलाई आधुनिक बैंकिङसेवाहरु प्रदान गर्दै आएको छ । समय सापेक्ष बैंकले आफ्ना सेवाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS