काठमाडौं । एनआइबीएल समृद्धि फन्ड–१ ले नगद लाभांश घोषणा गरेको छ । एनआइबीएल समृद्धि फन्ड–१ ले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट आफ्ना ईकाइधनीहरुलाई ६ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
योजना व्यवस्थापक एनआइबीएल एस क्यापीटलको भदौ १२ गते बसेको संचालक समितिको बैठकको निर्णयले आफ्ना ईकाइधनीलाई उक्त नगल लाभांश दिने निर्णय गरेको हो ।
फन्डले ६ करोड ५० लाख रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ । अघिल्लो वर्ष फन्डले १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।