Prabhu Life Ad Final

बाली भित्र्याउने सिजन शुरु, कुन कम्पनीले कति गरे लाभांश प्रस्ताव ? (सूचिसहित)

IME PAY
IME Life

काठमाडौं । आर्थिक वर्ष २०७५ /७६ को लागि बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश प्रस्ताव गरिरहेका छन् । हालसम्म १७ वटा बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७५/७६ को लागि लाभांश प्रस्ताव गरिसकेका छन् । बाँकी बैंक तथा वित्तीय संस्थाहरु पनि लाभांश घोषणा गर्न आत्तुर छन् ।

हालसम्म आर्थिक वर्ष २०७५ /७६ को लागि ४ वटा वाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसकेका छन् । लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमा सिटिजन्स बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक र एनआइसी एशिया बैंक हुन् ।

लाभांश घोषणा गरेका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै एनआइसी एशिया बैंकले घोषणा गरेको छ । बैंकले १० प्रतिशत बोनश शेयर प्रस्ताव गरेको छ भने ११ दशमलव ०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै, १३ वटा लघुवित्त वित्तीय संस्थाहरुले पनि आर्थिक वर्ष २०७५ /७६ को लागि लाभांश प्रस्ताव गरिसकेका छन् ।

लाभांश घोषणा गरेका लघुवित्त वित्तीय संस्थामध्ये सबैभन्दा धेरै मिर्मिरे लघुवित्तले घोषणा गरेको छ । लघुवित्तले ४५ प्रतिशत बोनश शेयर प्रस्ताव गरेको छ भने २ दशमलव ३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

हालसम्म वाणिज्य बैंक, म्युचअल फन्ड र वटा लघुवित्त वित्तीय संस्थाहरु बाहेक अन्य क्षेत्रका कम्पनीहरुले आर्थिक वर्ष २०७५ /७६ को लागि लाभांश घोषणा गरेका छैनन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS