काठमाडौँ । ज्योति विकास बैंकले ललितपुरको सातदोबाटोमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले उद्धघाटन गरेका हुन् ।
ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्का तथा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बैंकको बारेमा प्रकाश पारे ।
हाल बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यस आर्थिक वषभित्र थप २५ स्थानबाट समेत एटीएममार्फत सेवा प्रदान गर्ने तयारीमा रहेका बैंकले जनाएको छ ।