IME Life

निर्जीवन बीमा भन्दा जीवन बीमा व्यवसायको ग्रोथ राम्रो, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । हाल नेपाली बीमा बजारमा ३९ वटा बीमा कम्पनीहरु रहेका छन् । सो मध्ये ३७ वटा बीमा कम्पनीको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । बाँकी २ निर्जीवन बीमा कम्पनीले भने आर्थिक वर्ष २०७५/ ७६ को चौथो वित्तीय विवरण प्रकाशन गर्ने क्रममा छन् ।

आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासमा बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणलाई हेर्दा १९ वटा जीवन बीमा कम्पनीमध्ये १ जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानको वित्तीय विवरणमा कुल बीमा शुल्क आर्जन उल्लेख नभएको कारणले गर्दा हामीले १८ वटा जीवन बीमा कम्पनी र १८ वटै निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जनलाई आधार मानेर जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीले कति बीमा शुल्क आर्जन गरे भनेर विषलेशन गरेका छौ ।

Prabhu
Crest

बीमा कम्पनीहरुको आम्दानीको मुख्य स्रोत मानिने कुल बीमा शुल्क आर्जन रकमलाई हेर्दा निर्जीवन बीमा कम्पनीहरुको १८ प्रतिशतले बृद्धि भएको छ भने जीवन बीमा कम्पनीहरुको ४८ प्रतिशतले बृद्धि भएको छ ।
जीवन बीमा कम्पनी

आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्ममा आइपुग्दा १८ वटा जीवन बीमा कम्पनीहरुले कुल ७० अर्ब ८० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

आर्थिक वर्ष २०७५/७६ को सोही अवधिमा १८ जीवन बीमा कम्पनीहरुले ४७ अर्ब ६८ करोड रुपैयाँ कुल बीमा शुल्क आजृन गर्न सफल भएका थिए । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन ४८ प्रतिशतले बढी हो ।

सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने  जीवन बीमा कम्पनी

आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्ममा आइपुग्दा सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । कम्पनीले २३ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । एलआइसी नेपालले १३ अर्ब ४१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, नयाँ जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन यूनियन लाइफ इन्स्योरेन्सले गरेको छ । कम्पनीले ३ अर्ब ६ करोड रुपैयाँ कुल बमिा शुल्क आर्जन गरेको छ ।
निर्जीवन बीमा कम्पनी

आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्ममा आइपुग्दा १८ वटा निर्जीवन बीमा कम्पनीहरुले २३ अर्ब ९१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब ३१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्ज सफल भएका थिए । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन १८ प्रतिशतले बढी हो ।
सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने निर्जीवन बीमा कम्पनी
आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्ममा आइपुग्दा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ३ अर्ब ५१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्ज ५ प्रतिशतले बृद्धि गरेको हो ।

त्यस्तै, नयाँ निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै कुल बीमा शुल्क अजोड इन्स्योरेन्सले गरेको छ । कम्पनीले ४१ करोड ४५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीलाई दाँजेर हेर्दा
आर्थिक वर्ष २०७५/ ७६ को चौथो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीको तुलनानमा जीवन बीमा कम्पनीहरुले व्यवसाय बृद्धि गरेका छन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुले कुल बीमा शुल्क आर्जन ४८ प्रतिशतले बढाएका हुन् भने निर्जीवन बीमा कम्पनीहरुले १८ प्रतिशतले बृद्धि गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS