Prabhu Life Ad Final

सामुदायिक लघुवित्तद्धारा ३४% बोनस, ५० % हकप्रद शेयर प्रस्ताव

IME PAY
IME Life

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले ३६.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । मंगलबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५।७६ को नाफाबाट ३४.४५ प्रतिशत बोनस र यसमा लाग्ने कर तिर्न १.८१ प्रतिशत नगद लाभांश दिने भएको छ ।

यसर्थ, कम्पनीले ३ करोड ४४ लाख ५० हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । कर तिर्न भने १८ लाख १० हजार रुपैयाँ नगद लाभांश बाँड्नेछ । यस्तै, कम्पनीको सोही बैठकले बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीबाट ५० प्रतिशत हकप्रद ल्याउने निर्णय पनि गरेको छ ।

हाल लघुवित्तको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी १३ करोड ४४ लाख ५० हजार रुपैयाँ पुग्नेछ । लघुवित्तले यही पुँजीबाट ५० प्रतिशत हकप्रद ल्याउन लागेको हो । हकप्रदपछि पुँजी २० करोड १६ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ४४ पैसा रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS