Prabhu Life Ad Final

नेप्से ४ अंकले बढ्यो, २४ करोडमाथिको कारोबार

IME PAY
IME Life

काठमाडौं । साताको तेस्रो दिन आज मङगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से ४ दशमलव ८७ अंकले बढेर १,२०८ दशमलव ०० अंकको विन्दुमा कायम भएको छ । आज होटल र निर्जीवन बीमा समुह बाहेक सबै उपसूचक बढेका छन् ।

आज दिनभरिमा १ सय ६७ वटा कम्पनीको ८ लाख ५० हजार ३ सय ८६ कित्ता शेयर ५ हजार २ सय ८२ पटक खरिदविक्री हुँदा २४ करोड ४६ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै एनआइसी एशिया बैंकको २ करोडमाथिको कारोबार भएको छ ।

त्यसैगरी नेपाल बैंक र प्रभु बैंकको १ करोडमाथिको कारोबार भएको छ । महालक्ष्मी विकास बैंक र सिटिजन्स बैंकको ६५ लाखमाथिको कारोबार भएको छ ।

सबैको लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् भने सिटि एक्सप्रेस फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS