जनउत्थान सामुदायिक लघुवित्तको १८ हजार कित्ता शेयर लिलामीमा खुल्यो

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको मंगलबार आजबाट शेयर लिलामीमा खुल्ने भएको छ । संस्थाको सर्वसाधारण समूहको १८ हजार ५०३ कित्ता सेयर लिलामी खुला हुने भएको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । यसमा आवेदन दिने अन्तिम म्याद भदौ १७ गतेसम्म हुने संस्थाले जनाएको छ ।

कम्पनीले यसअघि असार १२ गतेदेखि साउन १५ गतेसम्म २ लाख ८८ हजार कित्ता (१००५) हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । जसमा १८ हजार ५०३ कित्तामा आवेदन पर्न सकेको थिएन । नबिकेको हकप्रद सेयर अहिले लिलामी प्रक्रियामा ल्याइएको हो ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नारायणचौर नक्साल काठमाडौं तथा जनउत्थनाको मुख्य कार्यालय बुटवलबाट पनि आवेदन दिन सक्नेछन् । यसैगरी, सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड, जनकपुर, हेटौडा, पोखरा, बाग्लुङ तथा बुटवलबाट आवेदन दिन सक्नेछन् । यसैगरी, नारायणगढ, घोराही, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार