Prabhu Life Ad Final

नेपाल बैंकको शान्तिपुर शाखा पुर्नस्थापना

IME PAY
IME Life

काठमाडौँ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका, शान्तिपुरमा नेपाल बैक लिमिटेड शान्तिपुर शाखा पुर्नस्थापना गरिएको छ । उक्त शाखाको नेपाल बैंक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारी र चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

बैंक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले नेपाल बैंक लिमिटेडको समग्र अबस्थाबारे प्रकाश पार्दै नेपाल बैंक नविनतम प्रविधिहरुको अधिकतम उपयोग गर्दै ग्राहकमुखी बैंकिङ अभ्याससहित अघि बढिरहेको वताए ।

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले आफनो गाउँपालिकामा बैंक पुनस्थपित भएकोमा प्रशन्नता व्यक्त गर्दै यसबाट गाउपालिकाको आर्थिक गतिविधिमा तिव्रता आउने वताए ।

नेपाल बैंकको प्रादेशिक कार्यालय प्रदेश नं.५का प्रमुख पाशाङ दोर्जे शेर्पाले केही समयमै गुल्मीको तम्घास, अर्र्घाखाँचीको सन्धिखर्क लगायतका स्थानमा शाखा तथा गुल्मीको रिडीमा एक्सटेन्सन काउन्टर र शान्तिपुर शाखामा छिटै एटीएम सेवा संचालनमा ल्याउन लागिएको जानकारी दिए ।

उक्त शाखा सशस्त्र द्वन्द्वकालमा कमजोर शान्ती सुरक्षाका कारण अन्यत्र गाभिएको थियो ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS