Prabhu Life Ad Final

नेप्से ६ अंकले घट्यो, ३८ करोडमाथिको कारोबार

काठमाडौं । साताकोे दास्रो दिन शेयर बजार ६.४९ अंकले घटेर १,२०३ दशमलव १३ को बिन्दुमा कायम भएको छ । आज सबै उपसूचकहरु घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ६८ अंकले घटेको छ ।

दिनभरिमा १ सय ७२ वटा कम्पनीको १६ लाख ३ हजार ३ सय २६ कित्ता शेयर ६ हजार ५ सय ४० पटक खरिदविmत्री हुँदा ३८ करोडमाथि करोबार भएको छ । सबैभन्दा धेरै प्रभु बैंक प्रोमोटर शेयरको १० करोड माथिको कारोबार भएको छ । नविल बैंक, नेपाल बैंक, एनआइसी एशिया बैंकको १ करोडमाथिको कारोबार भएको छ ।

NLIC

त्यसैगरी नेपाल लाइफ इन्स्योरेन्सको ९२ लाखमाथिको कारोबार भएको छ । सानिमा बैंकको ८० लाख रुपैयाँको कारोबार भएको छ । माछापुच्छ्रे बैंकको ७० करोडभन्दा बढीको कारोबार भएको छ ।

सबैभन्दा धेरै साल्ट ट्रेडिङका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् भने एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशतका दरले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App