IME Life

चौथो त्रैमासको आधारमा कुन वाणिज्य बैंक “अण्डर भ्यालुड” कुन “ओभर भ्यालूड” ? (सूचीसहित )

SPIL
NIC ASIA

हाल नेपाली शेयर बजारमा २७ वटा वाणिज्य बैंकहरुको शेयर कारोवार हुने गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेको अवस्था छ । शेयर कारोबार हुने गरेका २७ वटा बैंकमध्ये हाल ३ वटा बैंकको शेयर कारोबार रोक्का भएको हुँदा हामीले २४ वटा वाणिज्य बैंकहरुको प्रति शेयर आम्दानी,बजार मुल्य र मुल्य आम्दानी अनुपातको आधारमा कुन वाणिज्य बैंक ओभर भ्यालुड, कुन बैंक अण्डर भ्यालुड भनेर अध्ययन गरेका छौं ।

प्रति शेयर आम्दानीको आधारमा
हाल नेप्सेमा कारोबार हुने गरेका २४ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा अघि नविल बैंक लिमिटेड रहेको छ । जसको प्रति शेयर आम्दानी ४७ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यसैगरी सबै भन्दा थोरै प्रति शेयर आम्दानी सिभिल बैंक लिमिटेडको रहेको छ । जसको प्रति शेयर आम्दानी ९ रुपैयाँ ५ पैसा रहेको छ ।

Prabhu
Crest

मूल्य आम्दानी अनुपातको आधारमा
मुल्य आम्दानी अनुपातको आधारमा कृषि विकास बैंकको सबै भन्दा थोरै छ । जसकोे मूल्य आम्दानी अनुपात ९ दशमलव ५६ गुणा रहेको छ ।
त्यसैगरी सबैभन्दा धेरै मुल्य आम्दानी अनुपात स्टाण्डर्ड चार्टर्ड बैंकको रहेको छ । जसको मूल्य आम्दानी अनुपात २० दशमलव ३६ गुणा छ ।
हाल नेप्सेमा कारोबार भइरहेका २४ वटा वाणिज्य बैंकहरुमध्ये १६ वटा बैंकको मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा कम छ भने ८ वटा वाणिज्य बैंकको मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा धेरै रहेको छ ।
वाणिज्य बैंकको औसत मूल्य आम्दानी अनुपात १३ दशमलव ३१ गुणा रहेको छ। उक्त मूल्य आम्दानीका अनुसार वाणिज्य बैंकहरु अण्डरभ्यालुड जोनमा छन् भन्न सकिन्छ।

नोट : कम्पनीको प्रति शेयर आम्दानी निकाल्दा बोनस शेयरको बुक क्लोज भए पश्चात कायम पुँजी को आधारमा गणना गरिएको छ।  मूल्य आम्दानी अनुपात निकाल्दा भाद्र  ०८  गतेको बजार मूल्यका आधारमा गणना गरिएको  छ ।

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS