IME Life

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ बैंकले निष्काशन गर्न लागेको ऋणपत्रमा फेरी म्याद थप गरेको छ । बैंकले भदौ ५ गतेदेखि सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणलाई विक्रिमा ल्याएको सिद्धार्थ बैंकको ऋणपत्रमा माग अनुसारको आवेदन नपरेपछि आवेदन दिने समयावधि थप गरेको हो ।

बैंकको ऋणपत्रमा आवेदन दिने छिटो अवधि भदौ ९ गते (आज) सम्म रहेपनि ऋणपत्रमा पूर्ण आवेदन नपरेपछि समयावधि लम्ब्याएर भदौ १५ गतेसम्म बनाइएको हो ।

Prabhu
Crest

सात वर्षे अवधिको यो ऋणपत्रमा आवेदन दिने ढिलो अवधि असोज ५ गतेसम्म रहेको छ । प्रति ऋणपत्रमूल्य रू. १००० तोकिएको छ । ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतमा १० लाख कित्तासम्म सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ ।

बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा २०८३ सालसम्मका लागि २५ लाख कित्ता ऋणपत्र जारी गरेकोमा १० लाख कित्ता सर्वसाधारणका लागि र १५ लाख कित्ता व्यक्तिगत संघ संस्थाका लागि निष्कासन गरेको हो ।

विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बार्डबाट स्वीकृति पाएका सि ( आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS