IME Life

गलत गर्ने जुनसुकै बैंकमाथि कडा कारवाही हुन्छः गभर्नर नेपाल

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गलत गर्ने जुनसुकै बैंक, वित्तिय संस्था तथा यसका सञ्चालक र प्रशासकमाथि कडा कारवाही गरिने प्रतिबद्धता जनाएका छन् । पश्चिम नेपालको बुटवलमा आयोजित तिनाउ मिशन विकास बैंकको एकीकृत कारोबार शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै गभर्नर डा. नेपालले यस्तो बताएका हुन् ।
दुई विकास बैंकको मर्जर सम्पन्न भई एकीकृत कारोबार शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले सञ्चालक र प्रशासकको नियत सही भएमा मर्जर सफल हुने बताए । बैंकहरुको प्रभावकारिताको लागि मर्जर आवश्यक उनले औल्याए ।

गभर्नर डा. नेपालले गलत गर्ने कसैलाई पनि नछाड्ने भन्दै त्यस्तालाई कारवाही गरिने प्रष्ट पारेका छन् । गभर्नर डा. नेपालले सुरूमा सच्चिन मौका दिने त्यसपछि मात्रै कारवाही गरिने समेत बताए । केही द्विविधा भए राष्ट्र बैकले बाटो देखाइदिन तयार रहेको भन्दै गभर्नर नेपालले नेपालका बैंकिङ क्षेत्रको गलत कुराहरु केन्द्रीय बैंकले नियमन गर्ने बताए ।

Prabhu
Crest

वुटवलका दुई वित्तीय संस्था तिनाऊ र मिशन विकास बैंक गाभिएपछि बैंकको नाम तिनाउ मिसन डेभलपमेन्ट बैंक राखिएको छ । बराबरी शेयर हैसियतमा संस्था गाभिएका दृुई वित्तीय संस्थाले हकप्रद शेयर जारी गर्नेछन् । सहमति समेत भएको छ । मर्जरसँगै चुक्ता पूँजी एक अर्व १४ करोड रुपैयाँ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS