Prabhu Life Ad Final

नेपाल इन्स्योरेन्सको ७.५% प्रतिशत लाभांश पारित

IME PAY
IME Life

काठमाडौं । नेपाल इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई ७ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई उक्त बोनश शेयर दिने भएको हो । कम्पनीको भदौ ८ गते आइतबार सम्पन्न ७० औं वार्षिक साधारणसभाले ७ दशमलव ५ प्रतिशत बोन शेयर दिने प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी विषयमा निर्णय गर्ने सम्पूण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

त्यस्तै, बोनश वितरण पछि कम्पनीको चुक्त पूँजी एक अर्ब ९ करोड ५५ लाख रुपैयाँ पुग्नेछ । बोनसमा लाग्ने कर भने शेयरधनी आफैँले ब्योहोर्नुपर्नेछ ।

आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमास सम्ममा इन्स्योरेन्सले ५८ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी १८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS