सूर्योदय लघुवित्तले घोषणा गर्यो आकर्षक लाभांश

सूर्योदय लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको हो ।

लघुवित्तले शेयरधनीहरुलाई चुक्ता पूँजीको ४४.४७७८ प्रतिशतले हुन आउने ४ करोड ८० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि २.३४०९ प्रतिशतले हुन आउने २५ लाख २६ हजार ३१५ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले बोनश तथा नगद गरी कुल कूल ५ करोड ५ लाख २६ हजार ३१५ रुपैयाँ बराबरको ४६.८१८७४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल १० करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको लाभांश वितरण पछि चुक्ता पूँजी १५ करोड ५९ लाख १९ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार