काठमाडौँ । स्वरोजगार लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ ६ गते शुक्रबार बसेको बैठकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई बोनश घोषणा गरेको हो ।
संस्थाले चुक्ता पूँजीको २६.७५ प्रतिशत बोनश तथा बोनश शेयरको कर प्रयोजनका लागि १.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र शेयरधनीले पाउनेछन् ।