IME Life

रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा शंकास्पद तथ्यहरु भेटियो

SPIL
NIC ASIA

काठमाडौं । तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सवार ९एन एएमआई कल साईनको एयर डाईनेष्टीको हेलिकोप्टर दुर्घटनाको मुख्य कारणहरु खोतल्ने क्रममा केही शंकास्पद तथ्यहरु फेला परेका छन् ।

Prabhu
Crest

गत फागुन १५ गते भएको दुखद दुर्घटनामा बीमा कम्पनीले २५ करोडभन्दा बढि बीमा दावी भुक्तानी गरेका थिए । त्यसबाट देशले होनाहार मन्त्री अधिकारी, एयर डाइनेस्टीका प्रमुख तथा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभया, मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे र हेलिकोप्टर चालक प्रभाकर केसीलाई गुमाउनु पुगेको थियो ।

सरकारले फागुन १६ गते पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतम संयोजकत्वमा ४ सदस्यीय दुर्घटना जाँचबुझ समिति गठन गरी सो दुर्घटनाको विश्लेषण गर्दा केही शंकास्पद तथ्यहरु फेला परेको प्रतिवेदनलाई उध्रित गर्दै प्रकाशित समाचारमा उल्लेख छ ।

नेपाली सेनाका सहायक रथी दिपकप्रसाद बास्तोला, क्याप्टेन प्रमोद लामा सदस्य तथा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेसहितको टोलीले गरेको अध्ययनमा हेलिकोप्टर दुर्घटनाको मुख्य कारण मौषम र पहाडमा ठोक्किनुलाई मात्रै स्वीकार गर्न नसकिने तथ्य अघि सारेको छ । दुर्घटनाका बखत हेलिकोप्टर प्रतिमिनेट दुई हजार फिटका दरले तल झरको तथ्य फेला परेको जनाइएको छ । साथै दुर्घटनाका बखत हेलिकोप्टर ६० डिग्रीमा कोल्टे परी तलतिर झरिरहेको तथ्य सो समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । आकाशमा उडिरहेको हेलिकोप्टर ६० डिग्रीमा कोल्टनुको अर्थ हेलिकोप्टरमा प्राविधिक समस्या वा इन्जिनमा समस्या थिएन भनेर भन्न नसकिने हवाई क्षेत्रका विज्ञहरु औल्याउँछन् । प्रतिवेदनमा औल्याइएको तथ्यले आकशै हेलिकोप्टरको इन्जिन फेल भएको हुनसक्ने रुपमा समेत हेर्न सकिन्छ । खराब मौषमको कारण ठोक्किएको भनेको हेलिकोप्टर दुर्घटनाको प्रतिवेदनमा भने नठोक्किएको दावी हुनुले घटना थप रहस्यमय बनाएको छ ।

दुर्घटनामा पर्नुअघि तेह्रथुमको चुहानडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रविन्द्र अधिकारी । स्व. अधिकारीको यो नै अन्तिम तस्विर हो । फाईल तस्विर

गत असार ११ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा हेलिकोप्टरको नोज अर्थात अगाडिको भाग पहाडमा नठोक्किएको तथ्य औल्याइएको छ । यदि अगाडि भाग नठोक्किएको भए हेलिकोप्टर आकाशमै गतिहिन अवस्थामा कडा चट्टान भएको पहाडमा बजारिन पुगेको सहजै अनुमान गर्न सकिन्छ । हेलिकोप्टर गतिमा अगाडि बढिरहेको भए अगाडिको भाग नै ठोक्किनु पर्ने थियो । तर १३ नट्सको गतिमा रहेको हेलिकोप्टर ६० मा प्रतिमिनेट दुई हजार फिटका दरले किन तल झर्यो भन्ने कुराको उत्तर प्रतिवेदनमा उल्लेख गरिएको छैन ।

यसबाहेक पनि समितिले हेलिकोप्टरको लोडमा असन्तुलन, उचाई अनुसार अधिकतम लोडभन्दा ३३ केजी बढि लोड भएको, पाईलटले मौषमबारे कही कही जानकारी नलिएको, उडानबारे पूर्व योजना नबनाएको, उडानको रिपोर्टिङ काठमाडौंस्थित एयर ट्राफिक कन्ट्रोल र नजिकको टावरलाई नगराएको विषयबस्तु औल्याइएको छ भने दुर्घटना हुनु एक मिनेट अघिका धेरै तथ्याङ्कहरु प्राप्त गर्न नसकिएको उल्लेख गरेर प्रतिवेदन बुझाएकाले पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित सात जनाको ज्यान गएको तथा बीमा क्षेत्रले २५ करोडभन्दा बढि बीमा दावी भुक्तानी गरेको एयर डाईनेष्टीको हेलिकोप्टर दुर्घटना थप रहस्यमय बन्न पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS