Prabhu Life Ad Final

सातै प्रदेशका अर्थमन्त्री र सचिवहरु सिंहदरवारमा, वित्त परिषदको बैठक सुरु

IME PAY
IME Life

काठमाडौं । सात वटै संघका अर्थमन्त्री तथा सचिवहरु आज सिंहदरवारमा भेला भएका छन् । हरेक वर्ष आयोजना हुने अन्तर सरकारी वित्त परिषदको बैठकमा भाग लिन सात वटै संघका वित्त मन्त्री तथा सचिवहरु काठमाडौंमा भेला भएका हुन् ।

अर्थमन्त्रालयका प्रबक्ता यमन पौड्यालका अनुसार आज विहान ११ः३० बजेबाट अन्तर सरकारी वित्त परिषदको बैठक सुरु भएको छ । सिंहदरवारस्थित अर्थमन्त्रालयको सुवर्ण हलमा सुरु भएको बैठकमा वित्त, राजश्व, दोहोरो राजश्वलगायतका विषयमा छलफल हुनेछ ।

बैठकमा सातवटै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीसहित परिषद्का अन्य सदस्य सहभागी छन् । बैठकको अध्यक्ष परिषद्का संयोजकसमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले गरेका छन् । बैठकमा वित्तीय संघीयता कार्यान्वयनमा हालसम्म भएका उपलब्धि, समस्या तथा कार्यान्वयनमा देखिएका जटिलताका विषयमा समीक्षा गर्ने कार्यक्रम छ । विशेषगरी संघ, प्रदेश र स्थानीय तहले बजेट तथा आयोजनरुको कार्यान्वयन, करको कार्यान्वयनको विषयमा देखिएका विवादको निरुपण, राजस्व तथा खर्चको लेखा विधि र त्यसको प्रतिवेदन प्रणाली व्यवस्थित गर्ने विषय, जनशक्ति तथा आगामी अन्तरप्रदेश परिषद्को बैठकमा राख्नुपर्ने प्रस्तावको विषयमासमेत छलफल गर्ने कार्यसूचिमा बैठक अघि बढेको अर्थमन्त्रालयले जनाएको छ ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम अन्तरसरकारी वित्त परिषद् गठन भई कार्यान्वयनमा आइसकेको छ । परिषद्लाई संघ, प्रदेश र स्थानीय तहबीचको राजश्व बाँडफाँडलगायतको विषयमा निर्णय गर्नेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS