Prabhu Life Ad Final

मर्जरको एजेन्डा सहित एभरेष्ट इन्स्योरेन्सको साधारणसभा असोज १ गते

IME PAY
IME Life

काठमाडौँ । एभरेष्ट इन्स्योरेन्सले असोज १ गते २४ औँ वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको भदौँ ५ गते बसेको सञ्चालक समितिको ९७ औँ बैठकको निर्णयले काठमाडौँको कमलपोखरी स्थित अग्रवाल भवनमा दिउँसो २ बजे गर्ने भएको हो ।

सभामा कम्पनीले आर्थिक बर्ष २०७४/७५ को बार्षिक प्रतिवेदन, वित्तीय विवरण पारित गर्ने छ भने गत आर्थिक बर्षको लागि लेखापरिक्षकको नियुक्ति गर्ने छ ।

त्यस्तै सभामा नियामकको निर्देशन बमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, विविध लगानीका क्षेत्रहरु थप गर्ने विशेष प्रस्ताव पेश हुने छ ।

त्यस्तै सभाले निर्जीवन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धि आवश्यक निर्णय गर्ने सम्पूर्ण अधिकार संचालक समितिलाई दिने छ ।

सभा प्रयोजनको लागि कम्पनीले भदौ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १९ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन सक्ने छन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS