IME Life

दोश्रो बजारमा कारोवार हुने ७ जीवन बीमा कम्पनीलाई दाँजेर हेर्दा

SPIL
NIC ASIA

हाल नेपाल स्टक एक्चेन्जमा ७ वटा जीवन बीमा कम्पनीहरू शेयर कारोवार हुन्छ। ७ वटै जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको अवस्था छ। हेरौँ सबै जीवन बीमा कम्पनीहरूको अवस्था :

चुक्ता पुँजीको आधारमा :
७ जीवन बीमा कम्पनीहरु मध्य नेपाल लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी सबै भन्दा धेरै छ। नेपाल लाईफाको चुक्ता पुँजी ५ अर्ब ४९ करोड रहेको छ। ५ कम्पनीहरुले आवश्यक न्युनतम चुक्ता पुँजी पुर्याएको अवस्था छ भने  प्राईम लाईफ इन्स्योरेन्स र गुराँस लाईफ इन्स्योरेन्सले २ अर्ब पुँजीको लक्ष्य हासिल गर्न बाँकी छ।  प्राईम लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७८ करोड रहेको छ भने गुराँस लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी ९३ करोड ८५ लाख रहेको छ।

Prabhu
Crest

नोट : चुक्ता पुँजी लग्दा बोनस र हकप्रदको बुक क्लोज पछिको मूल्यको आधारमा लगिएको हो। 

जगेडा कोषको आधारमा :
जीवन बीमा कम्पनीहरू मध्य नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जगेडा कोष एकदमै बलियो छ।नेपाल लाईफको जगेडा कोषमा अहिले २ अर्ब ४३ करोड रुपैयाँ रहेको छ। त्यस्तै गुराँस लाईफ इन्स्योरेन्सको जगेडा कोष सबै भन्दा थोरै छ। कोषमा अहिले २७ करोड ९३  लाख रुपैयाँ संचित छ।

जीवन बीमा कोषको आधारमा :
जीवन बीमा कम्पनीहरू मध्य नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा कोष एकदमै बलियो छ। कोषमा अहिले ६५ अर्ब ३६ करोड रुपैयाँ रहेको छ। त्यस्तै सूर्या लाईफ इन्स्योरेन्सको जीवन बीमा कोष सबै भन्दा थोरै छ।इन्स्योरेन्सको जीवन बीमा कोषमा अहिले ५ अर्ब २५  करोड रुपैयाँ छ।

कुल बिमा शुल्क/खुद बिमा शुल्कको आर्जनको आधारमा:
सबै भन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड पर्दछ। नेपाल लाईफले २३ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने कम्पनीले २२ अर्ब ८२  करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। सबै भन्दा थोरै खुद बीमा शुल्क आर्जन गर्नेमा गुराँस लाईफ इन्स्योरेन्स पर्दछ। गुराँस लाईफले १ अर्ब ९२ करोड  रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने कम्पनीले १ अर्ब ८९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

नोट : यस आर्थिक वर्षको बीमा शुल्क आर्जन समावेश गरिएको

खुद नाफाको आधारमा :
सबै भन्दा धेरै खुद नाफा गर्ने जीवन बीमा कम्पनीमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पर्छ। कम्पनीले ५२ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको छ त्यस्तै सबै भद्ना थोरै खुद नाफा गर्ने कम्पनी भनेको एसियन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। एसियन लाइफले ५ करोड ८२ लाख खुद नाफा गरेको छ।

नोटःजीवन बीमा कम्पनीहरुको एक्चुरी मुल्यांकन पश्चात मात्र वास्तविक नाफा आउने छ।

बजार मूल्यको आधारमा :

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS