एशियन लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट

काठमाडौँ । जीवन बीमा कम्पनी एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट दिने सूचना सार्वजनिक गरेको छ ।

कम्पनीले २०७६ श्रावण मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका (पूर्ण व्यतित) बीमालेखहरु भदौ ६ देखि आश्विन १५ गतेसम्म बीमालेख पूनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा विशेष छुट दिने भएको हो ।

कम्पनीले भुक्तानी नभएका बीमाशुल्क किस्ताहरु मध्ये पहिलो भुक्तानी नभएको बीमाशुल्क किस्ताको मितिले ३ बर्षभित्र व्यतित भएका बीमालेखको हकमा ७५ प्रतिशत र ३ वर्ष भन्दा बढी व्यतित भएका बीमालेखको हकमा ५० प्रतिशत व्याज छुट प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार