IME Life

सजिलो लघुवित्तको नाफा ९६९ प्रतिशतले बढ्यो, अन्य वित्तीय सूचक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । सजिलो लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्रयि विवरण प्रकाशित गरेको छ । लघुवित्तले यस अवधिसम्ममा ९४ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ९६८ दशमलव ८९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ८ लाख ८४ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

हाल सजिलोको चुक्ता पुँजी १४ करोड रुपैयाँ छ भने रिजर्भ कोषमा ७ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

Prabhu
Crest

एक वर्षको अवधिमा कम्पनीले खुद ब्याज आम्दानी र सञ्चालन नाफामा समेत आकर्षक बृद्धि गरेको छ । अघिल्लो वर्ष १ करोड २१ लाख ४९ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको सजिलो लघुवित्तले यो त्रैमाससम्म आइपुग्दा बढाएर ३ करोड ४७ लाख रुपैयाँ पुर्याएको छ ।

यस्तै, लघुवित्तले संचालन मुनाफामा पनि बृद्धि गरेको छ । लघुवित्तले यस अवधिसम्म सञ्चालन नाफा पनि १४ लाख २५ हजार रुपैयाँबाट बढाएर ९६ लाख ४४ हजार रुपैयाँ पुर्याउन कम्पनी सफल भएको छ ।

लघुवित्तले आर्थिक वर्ष २०७५/ ७६ को चौथो त्रैमाससम्म ९ करोड २५ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी ७२ करोड ६८ लाख १४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यसले ९९ लाख ३७ हजार रुपैयाँ निक्षेप संकलन गरी १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

यस अवधिसम्म लघुवित्तको खराब कर्जा ० दशमलव १२ प्रतिशत रहेको छ । कस्ट अफ फन्ड ११.६२ पव्रतिशत सजिलो लघुवित्तले सर्वसाधारणमा आइपीओ जारी गरेको छैन । यो नयाँ लघुवित्त वित्तीय संस्था हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS