नेप्से सामान्य अंकले घट्यो, ६१ कम्पनीका शेयरधनीले कमाए

साताको अन्तिम कारोबार नेप्से सामान्य अंकले बढेको छ । नेप्से ० दशमलव ९९ अंकले घटेर १,२१३ दशमलव ०६ को बिन्दुमा कायम भएको छ । होटल, माइक्रोफाइनान्स र जीवन बीमा समुह र अन्य बाहेक सबै उपसूचकहरु घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ४२ अंकले घटेको छ ।

दिनभरिमा १ सय ७२ कम्पनीको १० लाख ७७ हजार ७ सय २० कित्ता शेयर ६ हजार २ सय ७८ पटक खरिदविक्री हुँदा २६ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै एनआइसी एशिया बैंक, कृषि विकास बैंक र प्रभु बैंकको क्रमश १ करोडमाथिको करोबार भएको छ ।
त्य

सैगरी देव विकास बैंक प्रोमोटर शेयरको ९० लाखभन्दा बढीको कारोबरा भउको छ । नेपाल बैंकको ८० लाख रुपैयाभन्दा बढी, महालक्ष्मी विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको ७० लाखभन्दा बढीको कारोबार भएको छ ।

सबैको लद्धघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै सिर्जना फाइनान्सका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार