IME Life

छ बीमा कम्पनी सिईओ बिहिन

SPIL
NIC ASIA

काठमाडौँ । नेपालमा सञ्चालित ४० वटा बीमा कम्पनीमध्ये अझै आधा दर्जन बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत पद रिक्त छ । दुई वटा जीवन बीमा कम्पनी र तीन वटा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीमा यतिबेला प्रमुख कार्यकारी अधिकृत विहिन छन् ।

सिईओ बिहिन जीवन बीमा कम्पनीहरुमा ज्योति लाइफ र सानिमा लाइफ इन्स्योरेन्स पर्दछन् । त्यस्तै, सिईओ बिहिन निर्जीवन बीमा कम्पनीहरुमा भने सानिमा जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र जनरल इन्स्योरेन्स पर्दछन् ।

Prabhu
Crest

जीवन बीमा कम्पनीमध्ये ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा प्रकाश विक्रम खत्रीले नेतृत्व सम्हाल्दै आएका छन् । खत्री कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत हुन् ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीमा पनि प्रमुख कार्यकारी अधिकृत छैनन् । कम्पनीले अझै प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न सकेको छैन् । कम्पनीको महाप्रबन्धकमा शिवराम तिमिल्सना छन् भने केवश राज केसीले नायव महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

त्यस्तै, सानिमा जनरल, जनरल इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स कम्पनी प्रमुख कार्यकारी अधिकृत बिहिन निर्जीवन बीमा कम्पनी हुन् । यी तीन निर्जीवन बीमा कम्पनीले पनि अझै प्रमुख कार्यकारी नियुक्त गर्न सकेका छैनन् ।

सानिमा जनरल इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त नै छ । सानिमा जनरलको नायव महाप्रबन्धकको जिम्मेवार सुबोध लाल श्रेष्ठले सम्हाल्दै आएका छन् ।

त्यस्तै, अर्को कम्पनी जनरल इन्स्यारेन्स कम्पनीमा पनि प्रमुख कार्यकारी अधिकृतको पद रिक्त रहेको छ । उक्त कम्पनीमा महाप्रबन्धकको रुपमा एस के तमोटलाई नियुक्त गरिएको छ ।

त्यस्तै, युनाईटेड इन्स्योरेन्स कम्पनीमा पनि प्रमुख कार्यकारी अधिकृत छैनन् । पुरानो कम्पनी भए पनि इन्स्योरेन्सको प्रमुख कर्यकारी अधिकृत पद खालि नै छ । रमेश कुमार भट्टराईले कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मवार सम्हाल्दै आएका छन् ।

उता, नेपाल पुनर्बीमा कम्पनीमा पनि यतिबेला प्रमुख कार्यकारी अधिकृत पद रिक्त छ । चिरायु भण्डारीले साउनदेखि अवकास पाएपछि सिईओ पद रिक्त भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS