IME Life

जागिर खानेले १० प्रतिशत तलब सिधैं आमा बुवाको खातामा जम्मा गर्नुेपर्ने

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

कावासोती नवलपरासी पूर्वको देवचुली नगरपालिकाले तलबको दश प्रतिशत रकम आफ्ना आमाबुबाको खातामा जम्मा गर्नुपर्ने नीति लिएको छ।

नगरपालिकाले नगरसभामार्फत् ज्येष्ठ नागरिकको सम्मानका लागि चालू आर्थिक वर्षबाट सन्तानले आफ्नो तलबको दश प्रतिशत रकम आमाबुबाको खातामा जम्मा गर्ने निर्णय गरेको हो। नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेत यस विषयलाई समावेश गरेको छ। सोही आधारमा नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षकलाई आफ्नो तलबको दश प्रतिशत रकम आमाबुबाको बैंक खातामा जम्मा गर्न आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले बताए।

Crest

ज्येष्ठ नागरिकले विभिन्न समयमा यसप्रकारको माग गर्दै आएकोमा नगरपालिकाले सोहीअनुसार उनीहरुको माग सम्बोधन गर्न यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए। निजी क्षेत्रमा कार्य गर्ने कर्मचारीलाई समेत १० प्रतिशत रकम जम्मा गर्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए। उनका अनुसार नगरपालिकामा रहेका व्यापार, व्यवसाय गर्ने उद्योगी र व्यापारीलाई समेत आफ्नो आम्दानीको १० प्रतिशत आमाबुबाको खातामा जम्मा गर्न भनिएको छ। “ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले यस्तो नीति लिएको हो, हामीले सबैमा आग्रह गरेका छौँ”, प्रमुख प्रशासकीय अधिकृत भुसालले भने, “यो स्वच्छिक विषय हो।”

नगरपालिकाले आमाबुबाको खातामा पैसा जम्मा गर्नेको विवरणसमेत सङ्कलन गरेर राख्ने बताउँदै उनले यही आधारमा भोलिका दिनमा यससम्बन्धी थप योजना निर्माण गरिने जानकारी दिए। “हामीले सबैमा आह्वान गरेका छौँ, गत महीनाको तलब निकासा भएको छैन, हामीलाई विश्वास छ, सबैले यसलाई अनुशरण गर्नुहुनेछ”, प्रमुख प्रशासकीय अधिकृत भुसालले भने।

नगरपालिकाबाट सम्बन्धित व्यक्तिको खातामा पारिश्रमिक गएपछि, सोहीअनुसार आफूले प्राप्त गरको रकमबाट दश प्रतिशत रकम आमाबुबाको छुट्टै बैंक खातामा जम्मा गर्न भनिएको उनले बताए। ज्येष्ठ नागरिकको सम्मानसहित उनीहरुको उपचार, पोषणमा सहयोग पुर्‍याउने उद्देश्यले यस्तो नीति लिइएको देवचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठले बताए। नगरपालिकाको यो नीतिले ज्येष्ठ नागरिक उत्साही भएको उनले बताए। यस्तो नीतिले कुनै पनि परिवारमा ज्येष्ठ नागरिकलाई नहेर्ने गरेको भए नैतिक दबाब सिर्जना हुने बताउँदै नगर प्रमुख श्रेष्ठले ज्येष्ठ नागरिक परिवारमा अपहेलित हुने, बिरामी पर्दा समयमा उपचार नहुने, आफ्ना आवश्यकता पूरा गर्न पैसा नहुँदा समस्यामा पर्नेजस्तो कुरालाई न्यूनीकरण गर्ने धारणा व्यक्त गरे।

“नैतिकरुपमा आफ्ना आमाबुबाप्रति जिम्मेवार बनाउन यस्तो कदम चालिएको हो, यसले पारिवारिक सम्बन्धसमेत मजबुत बनाउन सहयोग पुग्ने छ”, नगर प्रमुख श्रेष्ठले भने। यसलाई कार्यान्वयन गराउन सबै जनप्रतिनिधि एकमत भएकाले यो लागू हुने विश्वास उनको छ।

नगरपालिकाले शुरुआत गरेको कदम सिर्जनात्मक भएको देवचुलीका सामाजिक अगुवा खिमानन्द भुसालले बताए। नगरपालिकाको यो कार्य राम्रो भएको भए पनि यसलाई व्यापक छलफल गरी सोहीअनुसार कार्यविधि बनाएर कार्यान्वयमा जाँदा अझै राम्रो हुने उनको दाबी छ। विवाहित महिला जागीरे हुँदा आमाबुबा वा सासूससुरा कस्कोमा रकम जम्मा गर्ने स्पष्ट नभएको भुसालले बताए। अंशसमेत लिई अलग्गै बसेकाको हकमा के गर्ने, सन्तानको तलबभन्दा धेरै पेन्सन पाउने आमाबुबाको हकमा के गर्ने, तोकेबमोजिम नगर्नेलाई कसरी दायरामा ल्याउनेजस्ता विषयमा स्पष्ट भएर कार्यविधि बनाउँदा कार्यान्वयनमा सहजता हुने उनले बताए। -रासस

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS