IME Life
Beema Board

साढे पाँच लाख जीवन बीमा अभिकर्ताको वर्षदिनको आम्दानी नौ अर्बभन्दा बढि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । जीवन बीमा अभिकर्ता पेशा कति सम्मानित र आम्दानी हुने पेशा हो भन्ने कुरा जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा पाएको कमिशनबाटै पुष्टि हुन आउँछ । नेपालमा सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीमा कार्यरत करिब साढे पाँच लाख अभिकर्ताहरुले नौ अर्ब पाँच करोड ९७ लाख १७ हजार रुपैयाँ पारिश्रमिक अर्थात कमिशन बापत बुझेका छन् ।

कम्पनीहरुले प्रकाशन गरेको आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार उक्त अवधिमा जीवन बीमा कम्पनीका अभिकर्ताहरुले सो परिणामको कमिशन बुझेका हुन् । कमिशन मात्रै बुझेका छैनन्, उनीहरुले राज्यकोषमा ठूलो रकम करबापत समेत दाखिला गरेका छन् । गत आवको समिक्षा अवधिमा जीवन बीमा कम्पनीमा कार्यरत अभिकर्ताहरुले पाँच अर्ब ४२ करोड ९५ लाख ४७ हजार रुपैयाँ बुझेका थिए ।

Prabhu
Crest

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीका अभिकर्ताहरुमध्ये नेपाल लाइफका अभिकर्ताहरुले सबैभन्दा बढी अभिकर्ता कमिशन वापतको रकम लिएको देखिएको छ ।

आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको अवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत अभिकर्ताहरुले अभिकर्ता कमिशन वापत दुई अर्ब ८१ करोड ९० लाख ८६ हजार रुपैयाँ बुझेका छन् । अघिल्लो आवको समिक्षा अवधिको तुलनामा ५६ दशमलव ७४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा अभिकर्ताहरुले अभिकर्ता कमिशनबाट एक अर्ब ७९ करोड ८५ लाख ५१ हजार रुपैयाँ बुझेका थिए ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनका अभिकर्ताहरुले एक अर्ब ५६ करोड २६ लाख ६३ हजार रुपैयाँ बुझेका छन् । अघिल्लो आवको समिक्षा अवधिको तुलनामा ३५ दशमलव ५२ प्रतिशतले बढी हो । सो अवधिमा कम्पनीमा कार्यरत कर्मचारीहरुले अभिकर्ता कमिशनवापत १ अर्ब १५ करोड ३० लाख ६७ हजार रुपैयाँ बुझेका छन् । यस्तै, नेशनल लाइफ इन्स्योरेन्सका अभिकर्ताहरुले ८३ करोड ८७ लाख ९७ हजार रुपैयाँ बुुझेका छन् ।

के छ ऐनमा ?
बीमा ऐनमा बीमा अभिकर्ताको व्यवस्था गरेको छ । बीमा नियमावली अनुसार बीमा अभिकर्ताले बीमा समितिबाट इजाजतपत्र लिनुपर्नेछ । कम्तिमा एसएलसी वा सो सरहको परीक्षा उत्र्तीण गरेको र समितिबाट मान्यता प्राप्त गरेको संस्थाबाट अभिकर्ताको लागि सञ्चालन गरेको सम्बन्धित बिमा व्यवसाय सम्बन्धी तालीममा सहभागी भई प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ ।

कमिशनको व्यवस्था
बीमा नियमावलीको दफा २३ मा बीमा अभिकर्ताले पाउँने कमिशन रकमको व्यवस्था गरिएको छ । जसमा ५ देखि ७ बर्षे सावधिक जीवन बीमा योजनामा बिमाशुल्कको पहिलो र दोस्रो बर्ष १०/१० प्रतिशत अभिकर्ताले कमिशन पाउँछन् । तेस्रो बर्ष देखि ५ प्रतिशत मात्रै कमिशन पाउँछन् । तर, यस्तो कमिशन बीमा योजनाको प्रकार, बीमांक रकम र बीमा अवधिको आधारमा फरक फरक तोकिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS