IME Life

साढे तीन अर्ब कूल बीमा शुल्क आर्जन गर्ने शिखर इन्स्योरेन्सको मुनाफा ४७ करोड, अन्य सूचांक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौँ । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमाससम्म तीन अर्ब ५१ करोड ९३ लाख ३९ हजार ५६३ रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको समिक्षा अवधिमा कम्पनीले तीन अर्ब ३३ करोड ६७ लाख ७७ हजार ४८६ रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

आव २०७५/७६ को चौथो त्रैमासमा ४७ करोड २९ लाख ८० हजार ७७० रुपैयाँ खुद नाफा कमाएको छ । साढे तीन अर्बभन्दा बढि कूल बीमा शुल्क आर्जन गरेको कम्पनीको मुनाफा ४७ करोड रहेको छ । अघिल्लो आवको समिक्षा अवधिमा कम्पनीले ३९ करोड ९२ लाख ७४ हजार ७८३ रुपैयाँ खुद नाफा गरेको थियो । यस वर्ष नाफा केही बृद्धि भएको देखिएको छ ।

Prabhu
Crest

कम्पनीको जगेडा कोष ४५ करोड ७० लाख पुगेको छ । अघिल्लो आवको समिक्षा अवधिमा २१ करोड २५ लाख रुपैयाँ थियो । चुक्ता पूँजी एक अर्ब पाँच करोड ७३ लाख रहेको कम्पनीको बीमा कोषमा एक अर्ब पाँच करोड ७३ लाख रुपैयाँ जम्मा गरेको छ । अघिल्लो बर्ष ८२ करोड रुपैयाँ रहेको बीमा कोषमा यस वर्ष बृद्धि भएको देखिएको छ । शिखर इन्स्योरेन्सको महाविपत्ति कोषमा सात करोड ३३ लाख रुपैयाँ सञ्चित छ ।

त्यस्तै चौथो त्रैमासको अवधिमा कम्पनीले एक अर्ब ५६ करोड ३३ लाख ९८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको समिक्षा अवधिमा कम्पनीले एक अर्ब ५९ करोड १९ लाख ७९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधीमा कम्पनीले तीन लाख ३ हजार ५९१ बीमालेख जारी गरेको छ भने ६४ हजार ९७४ बीमालेख नविकरण भएका छन् । अघिल्लो आवको समिक्षा अवधिमा कम्पनीमा तीन लाख २ हजार ४३४ बीमालेख जारी गरेको थियो ।

यस्तै चौथो त्रैमासको अवधिमा कम्पनीले एक अर्ब ८५ करोड ३४ लाख ७३ हजार रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ । त्यस्तै कम्पनीले ८१ करोड १६ लाख ६१ हजार ७६१ रुपैयाँ भुक्तानी गर्न बाँकी छ । अघिल्लो आवको समिक्षा अवधिमा कम्पनीले एक अर्ब ८६ करोड ५५ लाख ४३ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको थियो । भने ६५ करोड ४१ लाख बराबरको कुल दाबी भुक्तानी गर्न बाँकी थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी ४४ रुपैयाँ ७३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २५० रुपैयाँ १७ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS