Prabhu Life Ad Final

बेष्ट फाइनान्सको ८ लाख २ हजार कित्ता शेयर लिलामीमा, कहिलेदेखि खुल्दै ?

IME PAY
IME Life

काठमाडौं। बेष्ट फाइनान्सले हकप्रद शेयर लिलामी गर्ने भएको छ । फाइनान्सले भदौ ११ गतेदेखि ८ लाख २ हजार २ सय २४ दशमलव ४७ कित्ता शेयर लिलाम गर्ने भएको हो । फाइनान्सले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको शेयर लिलाम गर्ने लागेको हो ।

जस मध्ये ५ लाख ४७ हजार ६ सय ७४ दशमलव ५७ कित्ता संस्थापक शेयर र २ लाख ४४ हजार ५ सय ४९ दशमलव ९० कित्ता शेयर सर्वसाधारण समुह तर्फको रहेको छ ।

इच्छुक बोलकबोलदाता प्रति कित्ता १०० रुपैयाँ भन्दा कम नहुने गरी आवेदन दिनु पर्ने जनाएको छ । शेयर लिलाम प्रक्रियाको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

आवेदन दिँदा सर्वसाधारण तर्फ न्युनतम १०० कित्ता र संस्थापक तर्फ न्युनतम १००० कित्ताको लागि आवेदन दिनु पर्ने छ । लगानीकर्ताले भदौ २५ गतेसम्म आवेदन दिन सक्ने छन् । साथै, प्रभु क्यापिटल कमलादी, बेस्ट फाइनान्सको शाखाहरु र प्रबु बैंकको १० वटा शाखा कार्यालयबाट आवेदन दिन सकिने जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS