हुन्डाईको फेष्टिभ डिलाइट २०७६ योजना सार्वजनिक

काठमाडौं । हुन्डाई अटोमोवाइल्स नेपालको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई फेस्टिभ डिलाइट २०७६ योजना ल्याएको छ ।

यो योजनाको अवधि यहि भदौ २ गते देखि कार्तिक १६ गतेसम्म लागु हुने भएको छ । दशैं, तिहार र छठ लाई लक्षित गरि यस योजना ल्याएको कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले आकर्षक नगद छुट र १ वर्ष निःशुल्क वीमा पाउनेछन् । यसका साथै स्क्रयाच कार्ड मार्फत थप रु.१ लाख सम्मको नगद छुट, लक्की–ड्र मार्फत १० जोडीलाई ४ रात– ५ दिनको दुबई भ्रमण तथा बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई सेन्ट्रो एक थान र हुन्डाई भेन्यु एक थान जित्न सक्नेछन् ।

सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भि्सिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार