IME Life

पत्रकार रवि लामिछानेलाई थप पाँच दिन थुन्न चितवन जिल्ला अदालतको अनुमति

SPIL
Sanima Reliance

काठमाडौं । चितवन जिल्ला अदालतले पत्रकार रवि लामिछानेसहित तीन जनालाई थप पाँच दिन हिराशतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

पत्रकार शालिकराम पुडासैनीले गरेको आत्महत्या घटनामा दुरुत्साहन गरेको सम्बन्धमा थप छानविनका लागि चितवन जिल्ला अदालतले ५ दिन म्याद थप गरेको हो । जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार लामिछानेसहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । यसअघि नै पत्रकार लामिछानेसहित युवराज कँडेल र रुकु कार्कीलाई पाँच दिन हिराशतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

Crest
Meta Holidays

सोमाबार अदालतमा भएको थुनछेक बहसमा वादीको तर्फबाट जिल्ला न्यायधिवक्ता यदु शर्माले वहस गरेका थिए भने लामिछानेको तर्फबाट अधिबक्ताहरु सुनिल पोखरेल, सुसिल पन्त र चुडामणी सापकोटाले बहस गरेका थिए ।

पत्रकार लामिछानेलाई पक्राउ गरिएको भन्दै केही दिनदेखि चितवन अशान्त छ । चितवन र हेटौडामा रविको समर्थनमा विशाल प्रदर्शनहरु भइरहेका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x