Prabhu Life Ad Final

एलआईसी नेपालको ब्रान्च मेनेजरहरुको राष्ट्रिय भेला सम्पन्न

IME PAY
IME Life

काठमाडौं । जीवन बीमा कम्पनी एलआईसी नेपालको ब्रान्च मेनेजरहरुको राष्ट्रिय भेला सम्पन्न भएको छ । देशैभरिका कूल ७४ वटा शाखाका प्रमुखहरुसहित कूल ९० जनाको उपस्थिति रहेको राष्ट्रिय भेलामा कम्पनीका सिईओ एलपी दास र डेपुटी सिईओ टि वर्णवालले प्रशिक्षण दिएका थिए ।

भेलामा आगामी वर्षका लागि व्यापार बृद्धि गर्न कम्पनीले अपनाउने रणनीतिको बारेमा छलफल भएको थियो । कार्यक्रममा प्रतिस्पर्धी कम्पनीहरुले अपनाएको रणनीति र भावी रणनीतिमाथिका चुनौतिका बारेमा समेत छलफल गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा गत आर्थिक वर्षमा कम्पनीले हासिल गरेको प्रगतिको समिक्षा गरिएको सो कम्पनीले जनाएको छ । देशैभरिबाट उपस्थित शाखा प्रमुखहरुका बीचमा अनुभव समेत आदान प्रदान भएको सो भेला दुई दिनसम्म चलेको थियो । भक्तपुरको नगरकोटमा सम्पन्न भेलापछि ब्रान्च मेनेजरहरु रिफ्रेस मुडमा कार्यक्षेत्रमा फर्केको बताइन्छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS