IME Life

बैंकास्यारेन्सको बिकल्प बन्न बीमा अभिकर्ता तयार हुनुपर्छ

SPIL
NIC ASIA

यतिबेला बैंक र बीमा क्षेत्रमा एउटा शिर्षक चर्चामा छ– बैंकास्योरेन्स । नयाँ बीमा कम्पनी स्थापनाको छोटो समयमा नै चर्चा कमाएको बैंकास्योरेन्स अर्थात बैंकमार्फत हुने बीमाको कारोबार अहिले संकटमा छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा बैंकमार्फत हुने बीमालाई नियमन गर्दै ऋणीको बीमा गर्न पाउने, त्यो पनि ऋणीले चाहेको बीमा कम्पनीमा मात्रै भन्ने व्यवस्था छ । सोही व्यहोरालाई केन्द्रीय बैंकले जारी गरेको एकीकृत निर्देशिकामा समावेश गरी बैंकमार्फत हुने बीमालाई पूर्ण रुपमा निरुत्साहित गरेपछि बैंकास्योरेन्स व्यूताउँने र खारेजीलाई टिकाउने बीच यतिबेला लडाई जस्तै देखिएको छ । बैंकरहरुले मौद्रिक नीतिमार्फत हटाएको बैंकास्योरेन्सलाई पुनस्र्थापित गर्नुपर्ने भन्दै आन्दोलन नै चलाइरहेका छन् । विकास बैंकहरु पनि बाणिज्य बैंकको आन्दोलनमा साथ दिन पुगेका छन् । नेपाल राष्ट्र बैंकलाई बाणिज्य बैंक तथा विकास बैंकहरुले घोषित रुपमै बैंकास्योरेन्स फिर्ता गर्न दवाव दिइरहेका छन् । अघोषित रुपमा केही बीमा कम्पनीहरुले पनि बैंकास्योरेन्स फिर्ता गर्नुपर्ने पक्षमा लविङमा देखिनुले बैंकास्योरेन्स फिर्ता गर्न चर्को दवाव बढिरहेको छ । त्यसो त मिडियाहरुबाट समेत बैंकास्योरेन्सले बीमाको पहुँच बृद्धि, कारोबार बृद्धि,जनचेतनामा सघाउ पुग्ने अनि पारदर्शी रुपमा बीमाको कारोबारको लागि बैंकास्योरेन्स जरुरी भएको भन्दै लविङ गर्ने काम समेत भइरहेको छ ।

अझ बैंकास्योरेन्सलाई बैंकहरुले आफ्नो आम्दानीको स्रोतको रुपमा व्यवसाय विस्तार गर्न थाल्नुले कोर बैंकिङको सिद्धान्तबाट गाईडेड राष्ट्र बैंकका लागि बैंकास्योरेन्स सजिलै पच्ने विषयवस्तु हुन सक्ने कुरै भएन । बैंकहरुको मुख्य काम बैंकिङ कारोबार नै हुनुपर्ने हो, तर बैंकका काउन्टरमा एक भन्दा बढि बीमाको बीमा पोलिसीका चाङ, बैंकका कर्मचारीहरुलाई बीमाको टार्गेट हुनुले बैंकिङ कारोबार सैद्धान्तिक रुपमा समेत बिचलन आएको जस्तो देखिनु स्वाभाविक नै थियो ।

Prabhu
Crest

बैंकमार्फत बीमाको कारोबार सुरु गरेको लामो समय हुन नपाउँदै विवादमा पर्नु बैंकास्योरेन्स बन्द हुनुमा मुख्य रुपमा जिम्मेवार छ । बैंकहरुले जबरजस्ती बीमा शुल्क तिर्न नसक्नेहरुलाई समेत बीमा गराउनु, बैंकमा रहेको व्यक्तिको खाताको विवरण दुरुपयोग हुनु, बैंकबाट ऋण लिन चाहनेसमेतलाई बीमाको टार्गेट दिइनु, बैंकका कर्मचारीहरुलाई बीमाको टार्गेट दिएर सास्ती दिनु जस्ता कारणहरु मुख्य रुपमा बैंकास्योरेन्स बन्द हुनुमा जिम्मेवार छन् । अझ बैंकास्योरेन्सलाई बैंकहरुले आफ्नो आम्दानीको स्रोतको रुपमा व्यवसाय विस्तार गर्न थाल्नुले कोर बैंकिङको सिद्धान्तबाट गाईडेड राष्ट्र बैंकका लागि बैंकास्योरेन्स सजिलै पच्ने विषयवस्तु हुन सक्ने कुरै भएन । बैंकहरुको मुख्य काम बैंकिङ कारोबार नै हुनुपर्ने हो, तर बैंकका काउन्टरमा एक भन्दा बढि बीमाको बीमा पोलिसीका चाङ, बैंकका कर्मचारीहरुलाई बीमाको टार्गेट हुनुले बैंकिङ कारोबार सैद्धान्तिक रुपमा समेत बिचलन आएको जस्तो देखिनु स्वाभाविक नै थियो । बीमा कम्पनीहरुले समेत बैंकलाई कमिशन दिन प्रतिस्पर्धा गर्ने क्रम बढेपछि बैंकास्योरेन्स यति दुरुपयोग भयो कि छोटो अवधीमा नै नेपाल राष्ट्र बैंकको नियमनमा पर्यो ।

राष्ट्र बैंकमार्फत चालिएको कदमले बीमा अभिकर्ताहरुलाई ठूलो फाइदा पुगेको छ । तर, यसको अर्थ यो होइन कि बैंकास्योरेन्सको जस्तै विकृति बीमा अभिकर्ताहरुमा पनि रहिरहोस् । विगतका विकृतिहरु हटाएर बीमा अभिकर्ताहरुले परिस्कृत र सुधार गरी बैंकास्यारेन्सको विकल्पमा उभ्याउन बीमा अभिकर्ताहरुले ढिलाई गर्नु हुँदैन ।

बैंकास्योरेन्सलाई बीमा कम्पनी र बैंकहरु दुवैले सकेसम्म आफ्नो पक्षमा दुरुपयोग गर्न भ्याए । बैंकहरुले बीमा कम्पनीहरुसँग कमिशनमा मोलमोलाई गरे भने बीमा कम्पनीहरुले बैंकलाई यति व्यापार दिए यति कमिशन दिने भन्दै व्यक्तिगतको तहसम्ममा झरेर कमिशन दिने जस्तो अस्वस्थ्य प्रतिस्पर्धा पनि चल्यो । परिणाम बैंकास्योरेन्स नै खारेजी । यसको स्वस्थ, सभ्य, एउटा मूल्य र मान्यताभित्र दुवै पक्ष अडिन सकेको भए यति चाँडै बैंकास्योरेन्स बन्द हुने नै थिएन । बीमा अभिकर्ताहरुले मिस सेलिङ गर्ने, झुक्याएर बीमा गराउने, हुँदै नभएको बोनस दरको प्रलोभन दिने, आफै बीमाको शुल्क तिरिदिने, उधारो बीमा गर्ने, बीमाको सिद्धान्तभन्दा बाहिर गएर बीमा गराउने जस्ता कुरालाई सही मार्गमा ल्याउन बैंकास्योरेन्स एउटा प्रभावकारी उपाय हुनसक्ने कुरालाई नकार्न सकिदैन । राष्ट्र बैंकमार्फत चालिएको कदमले बीमा अभिकर्ताहरुलाई ठूलो फाइदा पुगेको छ । तर, यसको अर्थ यो होइन कि बैंकास्योरेन्सको जस्तै विकृति बीमा अभिकर्ताहरुमा पनि रहिरहोस् । विगतका विकृतिहरु हटाएर बीमा अभिकर्ताहरुले परिस्कृत र सुधार गरी बैंकास्यारेन्सको विकल्पमा उभ्याउन बीमा अभिकर्ताहरुले ढिलाई गर्नु हुँदैन । बैंकास्यारेन्स गयो भन्दैमा बीमा अभिकर्ताले बजारमा अझै छाडा नभई बैज्ञानिक पद्धतिमा अनुसरण गर्दै बीमा अभिकर्ताको पेशागत मर्यादा, प्रतिष्ठा, मूल्य र मान्यताभित्र रहेर व्यापार गर्न सकेमा बन्द भएको बैंकास्योरेन्सको सही विकल्प बीमा अभिकर्ता बन्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS