Prabhu Life Ad Final

सगरमाथाको कूल बीमा शुल्क आर्जन दुई अर्बमाथि, अन्य सूचांक कस्तो ?

IME PAY
IME Life

काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको अवधिमा दुई अर्ब १७ करोड ९२ लाख २७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको समिक्षा अवधिमा कम्पनीले एक अर्ब ८३ करोड ८० लाख १२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

चौथो त्रैमासको अवधिमा कम्पनीले एक अर्ब एक करोड ४१ लाख ६६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको समिक्षा अवधिमा कम्पनीले ८६ करोड ४८ लाख १५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

चैथो त्रैमासको अवधिमा कम्पनीले एक लाख ४९ हजार ६ सय ९२ बीमालेख जारी गरेको छ । अघिल्लो आवको समिक्षा अवधिमा कम्पनीमा ९९ हजार १ सय ६९ बीमालेख जारी भएका थिए । त्यस्तै कम्पनीले ४० हजार ४४४ वटा बीमालेख नविरकण गरेको छ । नविकरणसहित कूल बीमालेखको संख्या एक लाख ९० हजार १३६ पुगेको छ ।

चौथो त्रैमाससम्ममा कम्पनीले २७ करोड ६५ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको समिक्षा अवधिमा कम्पनीले ३४ करोड ७७ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले ९५ करोड ६१ लाख ३२ हजार रुपैयाँ कूल दाबी भुक्तानी गरेको छ । अघिल्लो आवको समिक्षा अवधिमा कम्पनीले ३२ करोड ५२ लाख ७६ हजार कूल दावी भुक्तानी गरेको थियो । ८५ करोड ७२ लाख ६१ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

चुक्ता पूँजी एक अर्ब १२ लाख २३ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३४ करोड ३२ लाख ५३ हजार रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको बीमा कोषमा ४८ करोड ८७ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ६२ पैसा रहेको छ । कम्पनीको प्रति शेयर नेटवर्थ १ सय ९१ रुपैयाँ १७ पैसा रहेको छ । भने प्रति शेयर कुल सम्पत्तिको मूल्य ३ सय ९५ रुपैयाँ ०१ पैसा  रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS