एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिनुभयो ? आज अन्तिम मौका

काठमाडौं । एनआईसी एशिया बैंकको ४४ लाख इकाई ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले श्रावण ६ गतेदेखि ४ अर्ब ४० करोडको बराबरको ४४ लाख इकाई ऋणपत्र निष्काशन गरेको हो ।

कुल निष्काशन रकमको ६० प्रतिशत अर्थात् २ अर्ब ६४ करोड व्यक्तिगत तवर मार्फत् निष्काशन गरिएको हो भने ४० प्रतिशत अर्थात् १ अर्ब ७६ करोडको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

बैंकले ७ बर्षे अवधिको यस ऋणपत्रलाई ‘एन आई सी एशिया डिबेन्चर २०८३÷८४’ विक्रीमा ल्याएको हो । यसमा लगानीकर्ताले अर्थ बार्षिक रुपमा भुक्तान हुने गरी १०।२५ प्रतिशत वार्षिक ब्याज प्राप्त गर्ने छन् ।

ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार