IME Life

सिप्रदीले गर्यो ३ बीमा कम्पनीसँग क्यासलेस बीमा सम्झौता

SPIL
NIC ASIA

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रालिले ३ बीमा कम्पनीसँग क्यासलेस इन्स्योरेन्स सम्बन्धि सम्झौता गरेको छ । सिप्रदीले एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स कम्पनीबीच उक्त सम्झौता गरेको हो ।

काठमाण्डौँ स्थित सिप्रदी टेड्रिङ प्रालिको मुख्य कार्यालयमा आयोजित एक समारोहका माझ उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

Prabhu
Crest

सिप्रदी कम्पनीका उपाध्यक्ष सौरभ राज थपलिया, सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ तथा सिप्रदी कम्पनीजका प्रमुख अपरेटिङ अधिकृत राजेश गिरीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

एनएलजी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त, प्रिमियर इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्याय र ओरियन्टल इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक एम.डी नायरले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यो योजनामार्फत् दुर्घटना भएको खण्डमा टाटा मोटर्सका गाडीका खरिदकर्ताहरू सिप्रदीको बृहत् सञ्जाल भएको सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्नेछन् ।

सिप्रदीले हालसम्म चारवटा बीमा कम्पनीहरूसँग क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिसकेको छ र आगामी दिनमा अझ धेरै ग्राहकहरूलाई सेवा उपलब्ध गराउने उद्देश्य सहित अन्य बीमा कम्पनीहरूसँग सहकार्य गर्ने योजना रहेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS