IME Life

खुद दावी भुक्तानीको आधारमा जीवन बीमा कम्पनीहरुको अवस्था कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । हाल नेपाली बीमा बजारमा ३९ वटा बीमा कम्पनीहरु र एक पुनर्बीमा कम्पनी सञ्चालनमा रहेका छन् । सो मध्ये ३४ वटा बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । बाँकी बीमा कम्पनीहरुले धमाधम वित्तीय विवरण प्रकातिश गर्ने क्रममा छन् ।

वित्तीय विवरण सार्वजनिक भइरहेकै सन्दर्भमा खुद दाबी भुक्तानीको आधारमा हामीले जीवन बीमा कम्पनीहरुको समिक्षा गर्ने प्रयास गरेका छौं ।

Prabhu
Crest

हालसम्म १८ वटा जीवन बीमा कम्पनीहरुले चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । नयाँ र पुराना कम्पनीका बीचमा तथ्याङ्क विश्लेषण गर्नु उचित नहुने भएकोले नयाँ र पुराना कम्पनीको अलग-अलग विश्लेषणको प्रयास गरिएको छ ।

खुद दाबी भुक्तानी शिर्षकमा बीमा कम्पनीहरुले गरेको भुक्तानीको अवस्थाबारे इन्स्योरेन्स खवरले गरेको अध्ययनः

नयाँ जीवन बीमा कम्पनी
हाल नेपाली बीमा बजारमा १० वटा नयाँ जीवन बीमा कम्पनीहरु संचालनमा रहेका छन् । सबै नयाँ जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।

आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्मको अवधिसम्म आइपुग्दा १० वटा नयाँ जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै दाबी भुक्तानी गर्ने रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । जसले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म आइपुग्दा १२ करोड ४५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६५ लाख रुपैयाँ खुद दाबी भुुक्तानी गरेको थियो । नयाँ कम्पनी भएकोले बृद्धि प्रतिशतमा बढि देखिए पनि सबैभन्दा ठूलो रकम दावी भुक्तानी गर्ने कम्पनीमा नेपाल लाईफ छ । उसले झण्डै आठ अर्ब अर्थात सात अर्ब ९९ करोड खुद दावी भुक्तानी गरेको छ ।

त्यसैगरी नेपाली बीमा बजारको कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद दाबी भुक्तानी छैन् किनभने यो भर्खरै स्थापना भएको कम्पनी हो ।
पुराना जीवन बीमा कम्पनी
आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म आइपुग्दा ९ पुराना जीवन बीमा कमपनीमध्ये एक राष्ट्रिय बीमा संस्थान बाहेक सबै ८ वटा जीवन बीमा कम्पनीहरुले वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । वित्तीय विवरण प्रकाशित गरेका अधिकांश जीवन बीमा कम्पनीहरुको वित्तीय सूचकमा राम्रो प्रगति देखिएको छ ।

आर्थिक वर्ष २०७५/ ७६ को चौथो त्रैमाससम्मको अवधिसम्म आइपुग्दा वित्तीय विवरण प्रकाशित गरेको आठ वटा पुराना जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै एशियन लायफ इन्स्योरेन्सको खुददावी भुक्तानी ११८ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म आइपुग्दा ४० करोड ४८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले १८ करोड ४९ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानीमा बृद्धि भएको छ ।

त्यस्तै नेपाल लाईफ इन्स्योरेन्सले झण्डै आठ अर्ब अर्थात सात अर्ब ९९ करोड रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । दोस्रोमा नेशनल लाईफ रहेको छ, उसको खुद दावी भुक्तानी तीन अर्बभन्दा माथि छ भने एलआईसीले दुई अर्बभन्दा बढि दावी भुक्तानी गरेको छ ।
त्यस्तै, मेट लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद दाबी भुक्तानी ७१ प्रतिशतले, नेपाल लाइफ इन्स्योरेन्सले ४७ प्रतिशतले, प्राइम लाइफले २९ प्रतिशतले, सूर्या लाइफले ५३ प्रतिशतले, गुराँस लाइफले ५८ प्रतिशतले, नेशनल लाइफले ४२ प्रतिशतले र एलआइसी नेपालले ४२ प्रतिशतले खुद दाबी भुक्तानीमा बृद्धि भएको छ । खुद दावी भुक्तानी बृद्धि हुँदा कम्पनीको मुनाफा प्रभावित हुने गर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS