Prabhu Life Ad Final

बीमा शुल्क आर्जनमा युनियन लाइफ अगाडी, बीमालेखमा रिलायबल, अन्य नयाँ जीवन बीमा कम्पनीको अवस्था कस्तो ?

IME PAY
IME Life

काठमाडौँ । नेपाली बीमा बजारमा सञ्चालनमा रहेका १० वटै जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरि सकेका छन् ।

आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको अवधिमा सबै भन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनी युनियन लाइफ इन्स्योरेन्स रहेको छ । युनियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको अवधिमा कम्पनीले दुई अर्ब ९५ करोड १८ लाख ६७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

युनियन लाइफ इन्स्योरेन्सपछि धेरै बीमा शुल्क आर्जन गर्नेमा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स पर्दछ । रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले एक अर्ब करोड ३३ करोड ५० लाख ६६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, सिटिजन्स लाइफ इन्स्योरेन्सले एक अर्ब १२ करोड ८४ लाख ८६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको अवधिमा बीमालेख संख्याको आधारमा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स अगाडी छ । चौथो त्रैमासको अवधिमा रिलायबल नेपाल लाईफ इन्स्योरेन्समा ६ लाख ४६ हजार ४ सय २८ कुल बीमा लेख संख्या कायम छन् । त्यस्तै दोश्रोमा युनियन लाईफ इन्स्योरेन्स पर्दछ । युनियन लाईफ इन्स्योरेन्समा हाल सम्म एक लाख ३४ हजार ५९४ कुल बीमालेख संख्या कायम छन् । त्यस्तै, तेश्रोमा सिटिजन्स लाईफ इन्स्योरेन्स पर्दछ । सिटिजन्स लाईफ इन्स्योरेन्समा हाल सम्म ४८ हजार ७ सय ८६ बीमा लेख संख्या कायम छन् । उल्लेखित जारी बीमालेखको संख्यामा म्यादी बीमाको कारण संख्यामा प्रभावित भएको हुनसक्ने देखिएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS