Prabhu Life Ad Final

नेको इन्स्योरेन्सको कूल बीमा शुल्क झण्डै दुई अर्ब, बीमाङ्कीय मूल्याङ्कनअघिको नाफा ३४ करोड

IME PAY
IME Life

काठमाडौँ । नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमाससम्म एक अर्ब ९१ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिको त्रैमाससम्म एक अर्ब ६६ करोड ९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीले गत आवको चौथौ त्रैमासको अवधिमा एक अर्ब १४ करोड ५१ लाख ९२ हजार खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको समिक्षा अवधिमा ९८ करोड ५१ लख ७० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

चैथो त्रैमासको अवधिमा कम्पनीले ३४ करोड ३६ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवको समिक्षा अवधिमा कम्पनीले ३० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, नेको इन्स्योरेन्समा चौथो त्रैमासको अवधिमा २६ हजार ३५५ वटा बीमालेख नविकरण भएको कम्पनीको वित्तिय विवरणमा उल्लेख छ । अघिल्लो आवको समिक्षा अवधिमा कम्पनीमा ३१ हजार ७६६ बीमालेख जारी भएका थिए ।

चौथो त्रैमाससम्म कम्पनीले एक अर्ब दुई करोड ३५ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । अघिल्लो आवको समिक्षा अवधिमा कम्पनीले ७३ करोड १८ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको थियो ।

कम्पनीको प्रति शेयर आम्दानी २९ रुपैयाँ २२ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १९५ रुपैयाँ ९० पैसा रहेको छ । प्रति शेयर कुल सम्पत्तिको मूल्य ३ सय ८८ रुपैयाँ १२ पैसा रहेको छ ।

कम्पनीको चुक्ता पूँजीमा १ अर्ब १७ करोड ६२ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ४६ करोड ३६ लाख रुपैयाँ रहेको छ । भने कम्पनीको बीमा कोष ६० करोड ७४ लाख रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS