बीमा अभिकर्ताका व्यथा

2271

शंकर अशान्त

नेपाली समाजमा जनसंख्याको ठूलो हिस्सा बीमा बाहिर छ । विगत चार–पाँच बर्षको अवधीमा आठ प्रतिशतबाट बढेर जीवन बीमा गराउनेहरुको संख्या अहिले चानचुन १५ प्रतिशतमा पुगेको छ । यो पनि सालाखालामा हो । राजधानी र सदरमुकामको र गाउँघरको फरक छ । अझ विकट पहाडी र हिमाली जिल्लाको अवस्था फरक छ । झट्ट हेर्दा धेरैको बीमा हुन बाँकी नै रहेको यो अवस्थामा नेपाली माटो यसको लागि मलिलो छ । इण्डियन एलआईसीको जोइन्ट भेन्चरमा खुलेको एलआईसी होस् या अमेरिकन लगानीको एलिको (हाल मेटलाईफ) या दुईसाल अघि खुलेका धेरै बीमा कम्पनी र अझै पालो कुरेर बसेका होलान् । जीवन बीमा कम्पनीहरुले बीमा गर्न बाँकी रहेका र स–साना बीमा गरेर थन्किएका बीमितलाई टार्गेट गरिरहेका छन् ।

नेपाली समाजको गरिबी चेतनाको विकास र विश्वासको वातावरण नभइरहेको विविध कारण धेरैको बीमा हुन बाँकी रहेको पक्कै हो । जीवन बीमाको गरिमा र आवश्यक्तालाई बोध गराउन सकिए अलग रहेकालाई समेट्ने प्रयास आफैमा एक अवसर पनि हो । यो अर्थमा बीमा अभिकर्ताको पेशा अबको एक दशक अब्बल छ भन्न सकिन्छ । जुन अभिकर्ताले आफ्नो मौलिक तौर–तरिका अपनाएर मन जित्न सक्यो उसले नाम–दाम–काम तीनै चीज प्राप्त गर्न सक्छ । भोक–प्यास–आराम केही नभनी दिनरात खट्ने अभिकर्ताका पीडाको पहाड सानो छैन । यहाँ यस बिषयमा केही चर्चा गर्न आवश्यक होला ।

उ फलानो कम्पनीकोे एजेन्ट आयो ,,,
बहुत कमाई हुँदो रैछ,,,
कमिसन दह्रो आउँछ र पो यसरी धाएका छन्
कति छापेका छौ हँ ?

अक्सर यसरी नै सम्बोधन सुरु हुन्छ बहुसंख्यक समाजमा एउटा अभिकर्तालाई । कम्पनीको बीमा योजनालाई आफूले बुझेर ग्राहक खोजेर उसलाई बुझाएर उसको गोजीको पैसालाई उसैको अनुमतिमा झिकेर उसैको बचत,जोखिम बहन र सुमधुर भविष्यको लागि बीमा गराईदिएर कम्पनीसम्म पुलको काम गरिदिने अभिकर्ता धेरैको नजरमा ‘दलाल’मात्रै दरिन्छन् ।

जहाँ बीमा छैन त्यहीँ बीमा हुन्छ वा जहाँ बीमा धेरै छ त्यहीँ बीमा हुन्छ भन्ने बिषयमा आ–आफ्नै तर्क रहने गरेका छन् । खुट्टामा जुत्ता नभएका्े समुदायमा जुत्ता कारखाना खोल्ने या धेरै जुत्ता लगाउनेहरुको ठाउँमा कारखाना खोल्ने भनेजस्तै हो । अभिकर्ताहरु कपाल नभएका टक्लुहरुलाई काइयो बेच्न प्रयासरत रहन्छन् । उनीहरुको कन्भिन्सको प्रयासले खुइलिएको तालुमा काईयो रगड्दा कपाल उम्रिन सक्छ है भनेर भन्नु हो । अभिकर्ता नै नभएका या सामान्य तालिम लिएर एउटा पनि बीमा बनाउन नसकेकाहरुले बीमामा सक्रिय अभिकर्ताको अगाडि स–गर्व भन्छन् मलाई फुर्सदैैै छैन नत्र टन्नै बीमा बनाइन्थ्यो ।

धेरै पीडाको राजमार्ग छिचोल्नुपर्छ अभिकर्ताले । पूरै कमिसन छोडिदिने, बिदेश घुमाईदिने, बर्षेनि बीमा नविकरणको लागि सम्झाइ दिनुपर्ने, घरमै आएर पैसा लगिदिनु, रसिद लिएर घरमै पुर्याइदिनुपर्ने, पार्टी गर्ने, गिफ्ट दिने र बीमितको बारेमा राम्रो भनिदिनेदेखि उसलाई परिआएको बेला सर–सापट या काममा सघाइरहने छु भनेर एकखालको शपथग्रहण खानुपर्ने हुछ ।

मनले जितेको मान्छेकोमा लामो समय लगाएर तयारी गरेर उसको मन जितेर मुटुबाट प्रपोज गरेर अनेक खाले बिश्वास दिलाएर अभिकर्ताले बीमा बनाएको हुन्छ । कैयौँ ठाउँमा त फाली घोटेर सियो बनाउनुपर्र्ने हुन्छ । केही अपवादमा जम्काभेटबाट अलि बढी नै अतिरन्जित कुराकानीले पनि बीमा बनेका होलान् । ती मौसमी बोनस मात्रै हुन् ।

तेरो लोन स्वीकृत गरिदिन्छु एउटा गतिलो बीमा हुनुपर्छ भनेर बित्तीय संस्थाले ऋणी या बचतकर्ताको बलपूर्वक बीमा बनाएका कुराले बैँकास्योरेन्स विवादमा फस्यो र नियमतः अव यो बन्द हुने भैसकेको छ । स्वेच्छाले बनाउने बीमामा यो खालको दवाव बीमाको मूल्यमान्यता विपरीत हो । एउटा अभिकर्ताले फोन, म्यासेज, भेटघाट या विभिन्न तरकाले बोलेर नबोलेर हाँसेर या इसारा गरेर माया देखाएर या घुर्की लगाएर या बिभिन्न आस्वासान देखाएर बीमितलाई कन्भिन्स् गरिरहेको हुन्छ । यो उसको मौलिकता हो । र ब्यवहारिक पाटो हो पनि । मान्छेको पहिचान देखि बीमा पोलिसी काटिसक्दा पनि अभिकर्ताका केही दुख सकिएको हुन्न । आफैले पैसा हालेर बीमा बनाइदिने कुरा त सामान्य नै भैसक्यो । यी बाहेकाका धेरै पीडाको राजमार्ग छिचोल्नुपर्छ अभिकर्ताले । पूरै कमिसन छोडिदिने, बिदेश घुमाईदिने, बर्षेनि बीमा नविकरणको लागि सम्झाइ दिनुपर्ने, घरमै आएर पैसा लगिदिनु, रसिद लिएर घरमै पुर्याइदिनुपर्ने, पार्टी गर्ने, गिफ्ट दिने र बीमितको बारेमा राम्रो भनिदिनेदेखि उसलाई परिआएको बेला सर–सापट या काममा सघाइरहने छु भनेर एकखालको शपथग्रहण खानुपर्ने हुछ । एउटा आम अभिकर्ताले यी सबै कुरालाई सामान्य मान्न बाध्य हुँदै आएको छ ।

बीमा गर्ने प्रक्रियाको कुरा गर्दा मान्छेको मनमा पसेर अनेक कसरत सकिएपछि बल्लतल्ल मान्छे फारम भर्नसम्म राजी हुन्छ । अब सुरु हुन्छ डेन्जर जोन । अब बीमा कट्दा सम्मको समय अत्यन्तै संवेदनशिल रहन्छ । यो समय भनेको एंगेजमेमन्ट भएर बिवाह भैनसकेको जस्तो बिशेष अवस्था हो । बीमितको मनस्थिति बदलिने देखि लिएर अरु कम्पनीका अभिकर्ताले थाहा पाएमा भड्काइदिने चान्स् हुन्छ । आफ्नै कम्पनीका साथीले समेत अनेकानेक कुरा गरेर बन्नै लागेको काममा अवरोध सिर्जना गर्ने अवस्था आउँछ । हुनेवाला बीमितले फोन गरेर अहिलेलाई प्रोसेस् अघि नबढाईदिनु भन्दिन्छन् या हजुरसँग थप सल्लाह गर्नुछ भन्दिन्छन् । अनेक त्रास बोकेर पुनः भेट्न पुग्छ । पहिलेको जस्तो हार्दिकता र मुस्कान सहित भेटिन्न । कोही त गोमन सर्पजस्तै फुलेर बसेका भेटिन्छन् । बीमाको साईज घटाउने, क्यान्सिल गर्ने वा थप छुटका कुरामा बार्गेनिंग हुनसक्छ । कुरा मिलाउन सकिए त ठिकै भयो नत्र त्यो बीमित यता न उताको भएर बीमै नबनाउने मनस्थितिमा पुग्छ । अभिकर्ता नक्कली मुस्कानसहित ‘धन्यबाद’ भनेर फर्किन्छ । उसलाई मोटिभेसनल तालिममा भनिएको छ राजनीतिमा जस्तै बीमामा पनि कोही स्थायी सत्रु हुन्नन् । भोलि फेरि काम बन्न सक्छ ।

आफ्ना, आफन्त, इष्टमित्र र नजिकका साथीसमेत तर्किएर हिडेको अनुभव अभिकर्ताले सगालिरहेको हुन्छ । अभिकर्ताको पेशामा आवद्ध भैसकेपछि धेरै आफन्तको माया गुमाउनेहरु कम्ती छैनन् । हिजोसम्म नजिक भएकाहरु बीमाकै कारणले सम्पर्कबिहीन भएका हुनसक्छन् । भेटघाटका लागि फोन नउठाईदिने, म्यासेज पढेर पनि रिप्लाई नगरिदिने, साथीको लिस्टबाट ब्लक गरिदिने, बीमामा आफैले हालिदिएको पैसा खाईदिने जस्ता धेरै कुरा सहन बाध्य छ एक बबुरो अभिकर्ता ।

भर्खर अभिकर्ता भएकालाई एकदुई बीमा बोहनी गर्न पाए हुन्थ्यो भन्ने हुन्छ । मनस्थितिमा प्रमोसन भएर बाईक चढ्ने रहर बढ्छ । बिदेश भ्रमण गैरहेकालाई देखेर पासपोर्टमा भिसा लगाउने हुटहुटी हुन्छ । अझ धेरै कमाउन पाए हुन्थ्यो भन्ने हरेकको जस्तै बीमा अभिकर्ताको पनि हुन्छ । राष्टिय प्रतिस्पर्धामा अघि आउने रहर जाग्छ । सबैसबैलाई यी सबै रहर पूरा नहोलान् तर निरन्तर खटनपटनमा लागिरहनेलाई भैपनि हाल्छ ।

एउटा लेवलमा पुगिसकेपछि तल ओर्लिनु नपरे हुन्थ्यो भन्ने हरेक अभिकर्ताको मनासाय हुन्छ । उसैको भरमा कम्पनीका शाखाहरु हुन्छन् । उसको बिगतको टार्गेट, उसको शाखाको ताकेता, हेड अफिसको उक्साहट आर्थिक उपार्जनको आफ्नै लक्ष्य जस्ता कुराले अभिकर्ता सधैँ धपेडीमा हुन्छ । आफ्ना, आफन्त, इष्टमित्र र नजिकका साथीसमेत तर्किएर हिडेको अनुभव अभिकर्ताले सगालिरहेको हुन्छ । अभिकर्ताको पेशामा आवद्ध भैसकेपछि धेरै आफन्तको माया गुमाउनेहरु कम्ती छैनन् । हिजोसम्म नजिक भएकाहरु बीमाकै कारणले सम्पर्कबिहीन भएका हुनसक्छन् । भेटघाटका लागि फोन नउठाईदिने, म्यासेज पढेर पनि रिप्लाई नगरिदिने, साथीको लिस्टबाट ब्लक गरिदिने, बीमामा आफैले हालिदिएको पैसा खाईदिने जस्ता धेरै कुरा सहन बाध्य छ एक बबुरो अभिकर्ता ।

एक आर्थिक बर्षभित्र उसले पाएको या रोजेको टार्गेट मेन्टेन गर्न उसले निजी जिन्दगीलाई वेवास्ता गरेको कुरा आन्तरिक ब्यथा हो । यो सबैकुरा बाहिर देखिएको हुँदैन । फलतः उसका नजिकैका मान्छेले भन्छन् ‘बीमामा कमाउन थालेसी त आफन्त पनि चाहिएन है’ । उसले भोगेका दुखको अगाडि उसले कमाएको कमिसन, इन्सेन्टिभ या तलब या बिदेश घुमाईका अवसरहरु कतिपय अवस्थामा फिका बन्ने गर्छ । बीमासँग सम्बन्धित काम भेटघाट या प्रसंगमा सक्रिय हुनुपर्ने दैनिक डायरीले अभिकर्ताको मन सँधै एकलकाटेजस्तो हुन्छ । आफूले बीमा बनाएका सदस्यहरुको बीचबाट कसैलाई भवितब्य पर्दा कसैको अप्रिय घटना घट्दा उसको परिवारमा मल्हम बनेर आउने दाबी भुक्तानीले अभिकर्तालाई समाजिक धर्म पूरा गरेको सन्तुष्टि मिल्छ । आफ्नो टार्गेटको मार्गमा हुत्तिएर लागिरहेको अभिकर्ता सबैले क्षमता अनुसारको बीमा गर्दिए हुन्थ्यो भन्ने चाहना राख्छ तर भनेझैँ भैरहेको हुन्न । अर्कोतिर कुनै घटना दुर्घटनामा दुखद घटना घट्दा ‘यो मान्छेको बीमा थियो कि थिएन होला हँ ?’ भनेर भिडबाट आएको गाईँगुईँको निरीह साक्षी बन्छ बीमा अभिकर्ता ।

आफूले बीमा बनाएका सदस्यहरुको बीचबाट कसैलाई भवितब्य पर्दा कसैको अप्रिय घटना घट्दा उसको परिवारमा मल्हम बनेर आउने दाबी भुक्तानीले अभिकर्तालाई समाजिक धर्म पूरा गरेको सन्तुष्टि मिल्छ ।

बीमा भाग्ने त होईन ?, डबल हुन्छ कि नाई? दशलाखको बीमा भनेर टोटलमा बाह्र लाखभन्दा बेसी किस्ता कसरी भयो ?, भोलि भनेजस्तो भएन भने तेरो घरजग्गा कब्जा गर्छौँ इत्यादि कुराहरु समाजको स्तरअनुसार अभिकर्ताले सामना गर्नुपर्ने हुन्छ ।

अनेक आरोह–अबरोहका बीच पटक–पटक लडेर पनि उठेर धुलो टक्टक्याउँदै अघि बढ्ने साहस, हिम्मत, दृढता र दृढ निश्चयी जस्ता भावना बीमा अभिकर्तामा हुन आवश्यक छ ।

(लेखक नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको नेपालगंज शाखामा कार्यरत  राष्ट्रिय प्रथम अवार्ड बिजेता बीमा अभिकर्ता हुन् । शंकर लामिछाने ‘अशान्त’ पत्रकारिता र साहित्य लेखनमा समेत सक्रिय छन् ।)

१ प्रतिक्रिया

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्