काठमाडौं । जनरल इन्स्योरेन्सले कम्पनी नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म ३३ करोड २४ लाख ६१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको समिक्षा अवधिमा कम्पनीले ३१ लाख ६९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
यस्तै, चौथो त्रैमासको अवधिमा कम्पनीले १६ करोड ४५ लाख ६८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको समिक्षा अवधिमा कम्पनीले ११ लाख ७१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
चौथो त्रैमासको अवधिमा कम्पनीमा ३१ हजार २ सय १७ बीमालेख जारी भएका छन् । अघिल्लो आवको समिक्षा अवधिमा कम्पनीमा १९३ बीमालेख जारी भएका थिए ।
कम्पनीले चौथो त्रैमासको अवधिसम्म ३ करोड ६२ लाख २० हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो आवको समिक्षा अवधिमा कम्पनीले २ करोड ९ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २ करोड ५७ लाख २२ हजार रुपैयाँ संचित छ भने बीमा कोषमा २ करोड ८५ लाख ८० हजार रुपैयाँ रहेको छ ।
चौथो त्रैमाससम्म कम्पनीले ४ करोड ५५ लाख ७८ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । अघिल्लो आवको समिक्षा अवधिमा कम्पनीले एक करोड १४ लाख ९८ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको थियो ।
त्यस्तै, चौथो त्रैमासको अवधिमा कम्पनीले दुई करोड २६ लाख १४ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । अघिल्ले आवको समिक्षा अवधिमा कम्पनीले ११ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो ।
चैथो त्रैमासको अवधिमा कम्पनीमा चार करोड ६८ लाख ५९ हजार रुपैयाँ भुक्तानी हुन बाँकी दावी रकम देखिन्छ ।
कम्पनीको प्रति शेयर आम्दानी ५ रुपैयाँ १७ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १०७ रुपैयाँ ७६ पैसा रहेको छ । भने कम्पनीको प्रति शेयर कुल सम्पत्तिको कुल मूल्य १३६ रुपैयाँ ८३ पैसा रहेको छ ।