हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

94

काठमाडौं । हिमालयन बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले प्रति कित्ता एक हजार रुपैयाँका दरले “हिमालयन बैंक लिमिटेड बण्ड २०८३” नामको ३० लाख इकाई बिक्रि गर्न लागेको हो । सात बर्ष अवधीको यस ऋणपत्रमा बैंकले बार्षिक १० प्रतिशतका दरले अर्धबार्षिक ब्याज भुक्तानी गर्ने जनाएको छ ।

बैंकले तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । यसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख इकाई सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख इकाई ठूला तथा संस्थागत लगानीकर्ता हरुलाई व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

लगानीकर्ताले न्युनतम २५ कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्ने छन् । ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्