काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७ औँ साधारणसभा सम्पन्न भएको छ । भाद्र १ गते आइतबार प्रदेश नं २ को बीरगन्जमा सम्पन्न वार्षिक साधारणसभाले सञ्चालक समितिको बार्षिक प्रतिवेदन, आर्थिक बर्ष २०७४/७५ को वासलात, नाफा, नोक्सान हिसाब सर्वसम्मत रुपमा पास गरेको बिज्ञप्तिमार्फत जनाएको छ ।
साधारणसभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष श्रवण अग्रवालले आर्थिक वर्ष २०७४/७५ मा एक अर्ब ३७ करोड १६ लाख ९४ हजार ७ सय ४० रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको जानकारी गराउँदै आगामी वर्ष अझै व्यापार विस्तार गर्ने प्रतिबद्धता जनाए ।
यसअघि कम्पनीको विशेष साधारणसभाले ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय पारित गरिसकेको छ । सो हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब दुई करोड ६४ लाख ३२ हजार पुग्ने कम्पनीले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।